अर्थ

तिलौराकोटको काखमा सुनसान कपिलवस्तु संग्रहालय: घट्दो पर्यटकले बढायो चिन्ता

तिलौराकोटको काखमा सुनसान कपिलवस्तु संग्रहालय: घट्दो पर्यटकले बढायो चिन्ता

कपिलवस्तु — दक्षिण एसियाकै सबैभन्दा सुरक्षित र संरक्षित पुरातात्विक क्षेत्र मानिएको तिलौराकोटको काखमै रहेको कपिलवस्तु संग्रहालय यतिबेला दर्शकविहीन जस्तै बनेको छ। राजा शुद्धोधनको राजप्रासाद र भगवान् बुद्धले २९ वर्ष बिताएको ऐतिहासिक दरबार क्षेत्रबाट उत्खनन गरी संकलन गरिएका अमूल्य पुरातात्विक सामग्री राखिएको संग्रहालयमा पछिल्ला वर्षहरूमा पर्यटकको उपस्थिति निरन्तर घट्दो क्रममा देखिएको हो। संग्रहालयको तथ्याङ्कले तीन वर्षयता आगन्तुक संख्या लगातार घटिरहेको संकेत गर्छ। ओरालो लाग्दो पर्यटक ग्राफ आर्थिक वर्ष २०७९/८० मा १३ हजार ४ सय ७९ जनाले अवलोकन गरेका थिए। आर्थिक वर्ष २०८०/८१ मा करिब ६ प्रतिशतले गिरावट आउँदै संख्या ९ हजार ९ सय २९ मा झर्‍यो। आर्थिक वर्ष २०८१/८२ मा थप…
Read More
नेपाली नक्कली नोटसहित ४ जना पक्राउ

नेपाली नक्कली नोटसहित ४ जना पक्राउ

कपिलवस्तु, फागुन ४ — कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा नेपाली नक्कली नोटको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र इलाका प्रहरी कार्यालय गोरुसिङ्गेबाट खटिएको प्रहरी टोलीले मिति २०८२ फागुन १ गते जिल्लाको साविक महुवा.वि.स. वडा नं. ८ हाल बुद्धभूमि नगरपालिका वडा नं. ६ कोहनाैलिया बस्ने वर्ष ५० का सुटटु यादवलाई नियन्त्रणमा लिई खानतलासी गर्दा निजको साथबाट नेपाली रुपैयाँ १,००० दरका ९९ थान विभिन्न स्थानमा काराेवार गरेकाे २ थान नोट समेत फेला पारी जम्मा १ लाख १ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कायर्लय का सुचना अधिकारि प्रहरी नायव निरक्षक…
Read More
कपिलवस्तुको दुई भन्सारबाट ६ महिनामा सवा ३ अर्ब बढी राजस्व

कपिलवस्तुको दुई भन्सारबाट ६ महिनामा सवा ३ अर्ब बढी राजस्व

कपिलवस्तु ११ माघकपिलवस्तुको कृष्णनगर भन्सारमा चालु आर्थिक बर्ष २०७८२÷८३ को ६ महिनामा २ अर्ब ५१ करोड लाख ५९ लाख ५८ हजार राजस्व संकलन भएको छ । कृष्णनगर देश कै प्रमुख १० भन्सार नामामा पर्ने गर्छ । चालु आर्थिक बर्षको साउन देखि पुस मसान्त सम्म सो राजस्व संकलन भएको हो । ६ महिनाको लक्ष्यको ८६ दशमलव १८ प्रतिशत राजस्व असुली भएको भन्सारका प्रबक्ता मंकेश कुमार कर्णले बताए । भन्सारलाई ६ महिनाकोलागि २ अर्व ९१ करोड ९६ लाख ३१ हजार लक्ष्य तोकिएको थियो । बार्षिक लक्ष्यको भने ४२ दशमलव ८८ प्रशित मात्र असुली भएको छ । भन्सारलाई ५ अर्व ८६ करोड ४८…
Read More
सगरमाथा महिला विकास बचत तथा ऋण सहकारी संस्थाको २८ औ साधारण सभा

सगरमाथा महिला विकास बचत तथा ऋण सहकारी संस्थाको २८ औ साधारण सभा

कपिलवस्तु सगरमाथा महिला विकास बचत तथा ऋण सहकारी संस्थाको २८ औ साधारण सभा तौलिहवामा संपनन भएको छ । सभाको कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरेले उदघाटन गर्दे महिलाहरु कै अगुवाइएमा रहेको यो सहकारी नमुना बनेको बताए । उनले कपिलवस्तु नगरपालिका क्षेत्र भित्र रहेको महिलाहरुलाई एकीकृत गरी उदाहराणीय काम गरेको बताए । सो अवसरमा कपिलवस्तु नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठले महिलाहरुकै अगुवाईमा रहको यो सहकारी नगरपालिका कै नमुना सहकारी रहेको बताए । देशभर सहकारीका अनेकौ अनियमितताको घटना बाहिर आए पनि यो संस्थाप्रति सबैको बिश्वास कायम रहेको बताए । बचत संकलन र ऋण प्रवाह गरी बिपन्न महिलाको आयआर्जनमा…
Read More
निर्बाचन प्रहरीमा आबेदन दिने युवाको भिड

निर्बाचन प्रहरीमा आबेदन दिने युवाको भिड

कपिलवस्तु २५ पुसनिर्बाचन लक्षित निर्बाचन प्रहरीको आबेदन लिने सुरु दिन देखि नै जिल्ला प्रहरी कार्यालय तौलिहवामा आबेदन दिने युवाहरुको ठुलो भीड लागेको छ । आबेदन दिने शुक्रवार बिहान १० बजे देखि सुरु हुने भनिए पनि बिहान ८ बजे देखि नै आबेदन दिने युवा युवतीको ठुलो जमात देखिएको थियो । जिल्ला प्रहरी कार्यालय गेट बाहिर आबेदन दिनेहरुको ठुलो भीड लागेको थियो । भिडका कारण गेहट बाहिर दर्ता गर्नकालागि आबेदकलाई २ वटा लाईन लगाइएको थियो । पहिलो दिन र अत्यधिक जाडो भएकाले आबेदन लिन केही ढिलाई भएको थियो । आबेदन लिन महिला र पुरुष गरी प्रहरी कार्यालय हाता भित्र दुई वटा डेस्क…
Read More
कपिलवस्तु नगरपालिकाका ६ बर्मेलीमा ३० करोड बढीको द ग्रेट लव भिलेज निर्माण सुरु

कपिलवस्तु नगरपालिकाका ६ बर्मेलीमा ३० करोड बढीको द ग्रेट लव भिलेज निर्माण सुरु

कपिलवस्तु ४ पुसकपिलवस्तु नगरपालिका वडा नम्बर ६ बर्मेलीमा भुमीपुजन गरी द ग्रेट लव भिलेज निर्माण हुनृ भएको छ । चुजी चेरेटी फाउन्डेशनले ३० करोड बढी लागतमा सो भिलेज निर्माण सुरु गरेको हो । चुजी गुठी ट्रस्ट मार्फत बमैलीमा ५५ कठुठा जग्गामा सो निर्माण सुरु भएको सस्थाका स्वयमसेवक तथा मध्यस्तकर्ता राकेश त्रिपाठीले बताए । बुद्ध परंपरा अनुसार बिशेष पुजापाठ गरी भुमी पुजन गरिएको थियो । संस्थाकी उपाध्यक्ष तथा कपिलवस्तु नगरपालिकाका मेयर सु्दीप पौडेलले संयुक्तमा भुमीपुजन गरेका थिए । सो अवसरमा भिजेल निर्माणले नगर भित्रका बिपन्न र सुकुम्बासीहरु लावांबित हुने बताए । बुद्धको क्रिडास्थलका नजिकै भिजेल निर्माण हुनु धेरै राम्रो कुरा भएको…
Read More
सुनको मूल्य १ हजार घट्यो, चाँदी बढ्यो

सुनको मूल्य १ हजार घट्यो, चाँदी बढ्यो

२३ मंसिर, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५१ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लोृ दिन २ लाख ५२ हजार ९ सय रुपैयाँ थियो । सुनको भाउ सामान्य घटे पनि चाँदी बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँ बढेको छ । यस दिनका लागि चाँदीको भाउ प्रतितोला ३ हजार ६ सय रुपैयाँ तोकिएको छ ।यसअघि गत बुधबार चाँदीको भाउले ३ हजार ६५५ रुपैयाँको अधिकतम रेकर्ड बनाएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.