लिडोद्धारा संचालित उत्थानशीलता अभिबृद्धि परियोजनाबाट १५ सय अति बिपन्न परिवार प्रत्यक्ष लाभांवित
कपिलवस्तुको सुद्धोदन गाउपालिका वडा नम्बर १ बगदीमा ५५ बर्षिय खिमलाल पाण्डेयले सानो चिया पसल संचालन गर्दै आएका छन । सोही आम्दानीमा उनको ८ जनाको परिवार धानिएको छ । पुजी नहुदा पसलमा समान समेत ब्यवस्था गर्न हम्मे हम्मे परेको थियो । एक बर्ष अघि लिडो ( लुम्बिनी एकीकृत विकास संस्था ) ले सो पसलमा ४५ हजार बढीको केराना सामान किनेर दियो । त्यस यता खिमलालको पसल राम्ररी चलेको छ । परिवारको गुजारा समेत भएको पौडेल बताउछन । किनार मै रहेको बिद्यालयमा रहेका बिद्यार्थी र शिक्षकहरु नै पसलको मुख्य ग्राहक हुन । पसलमा पुरै परिवार लागेको उनी बताउछन । ‘ सानो चिया…