बुद्धनगरी प्राचिन कपिलस्तुको तौलिहवा स्थित गौढी चोकमा चिल्ड्रेन पार्क निर्माण हुने भएको छ ।११ करोड ६८ लाख ९८ हजार ५ सय ८१ रुपैयाको लागतमा कपिलवस्तु नगरपालिका वडा नम्बर १ स्थित पोखरीमा माटो पटान गरी पार्क निर्माणको कार्य अघि बढाइएको हो । १२ हजार ४ बर्ग मिटर क्षेत्रमा पार्क निर्माण गरिनेछ । क्षेत्रीय शहरी विकास परियोजना शहरी विकास तथा भवन निर्माण बिभाग काठमाण्डौको लगानीमा सो निर्माण गरिने तयारी गरिएको कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले बताए ।

प्रारभ्मिक वातावरणीय परिक्षण सम्बन्धमा तौलिहवाको चोक बजारमा गरिएको सार्बजिनक सुनुवाई कार्यक्रममा यो कार्यमा सबै नगरबासीको साथ आवश्यक रहेको मेयर पौडेलले बताए । चिल्ड्रेन पार्क निर्माणले तौलिहवा बजारमा रहेको नगरबासीलाई मनोरंजन सहीत रोजगारी सूजना हुने उनले बताए । ‘ पार्क निर्माणले बुद्धनगरीको सौन्दर्य समेत बढने छ, मानिसहरुको चहलपलह बढेसंगै रोजगारी र आय समेत बढनेछ ’ उनले भने । सो अवसरमा वडाध्यक्ष जाहिदा खाले यो परियोजना बडा र नगरकै गौरवको काम रहेको बताए । उनले यो कार्यमा सबैले साथ दिनु पर्ने र आउने बिवादलाई मिलेर समाधान गर्नु पर्ने बताए । सो अवसरमा अगुवा देबी प्रसाद बर्माले पार्क निर्माण गर्न पहिले जग्गाको यकीन हुुनु पर्ने बताए । उनले चोकबजारमा रहेकोसंग त्यसकालागि समन्वय र सहकार्य गर्नु पर्ने बताए । पार्क निर्माणमा सबै भन्दा ठुलो चुनौती जग्गोका यकीन र सरसफाई रहेको छ । पोखरीको चारैतिर घर निर्माण गरिएको छ । अधिकांसले पोखरीमा नै फोहर र दिशा पिसाब फाल्ने स्थलकारुपमा प्रयोग गरिएको छ । परियोजनाको डोहवा ईंन्जीनीयरिङ ईन एशोसियसन बिथ ईआरएमसि, सिल्ट र डिजिकन परार्मदाता रहेको छन । वातावरणबिद अखन्डराज उत्पेतीले सबै पक्षसंग छलफल र अनुसंधान गरी प्रारंभिक बातावराण्ीय परिक्षण प्रतिबेदन तयार गर्ने बताए । पार्कको नाम गौतम बुद्ध चिल्ड्रेन पार्क हुनु पर्ने सहभागीले सुझाव दिएका छन । बाटर प्ले १४ सय ७२ बर्ग मिटर र प्रशासनीक भवन तथा स्पार्टस कोर्ट १ सय ४ दशमलव ५ बर्ग मिटरमा हुनेछ ।