लिडोद्धारा संचालित उत्थानशीलता अभिबृद्धि परियोजनाबाट १५ सय अति बिपन्न परिवार प्रत्यक्ष लाभांवित

लिडोद्धारा संचालित उत्थानशीलता अभिबृद्धि परियोजनाबाट १५ सय अति बिपन्न परिवार प्रत्यक्ष लाभांवित

कपिलवस्तुको सुद्धोदन गाउपालिका वडा नम्बर १ बगदीमा ५५ बर्षिय खिमलाल पाण्डेयले सानो चिया पसल संचालन गर्दै आएका छन । सोही आम्दानीमा उनको ८ जनाको परिवार धानिएको छ । पुजी नहुदा पसलमा समान समेत ब्यवस्था गर्न हम्मे हम्मे परेको थियो । एक बर्ष अघि लिडो ( लुम्बिनी एकीकृत विकास संस्था ) ले सो पसलमा ४५ हजार बढीको केराना सामान किनेर दियो । त्यस यता खिमलालको पसल राम्ररी चलेको छ । परिवारको गुजारा समेत भएको पौडेल बताउछन । किनार मै रहेको बिद्यालयमा रहेका बिद्यार्थी र शिक्षकहरु नै पसलको मुख्य ग्राहक हुन । पसलमा पुरै परिवार लागेको उनी बताउछन । ‘ सानो चिया पसल खालेका थिए , रकम अभावले गाह्रो परेको थियो, लिडोले चिया पसलकालागि सामाग्रीहरु सहयोग गरे पछि कारोवार गर्नै धेरै सजिलो भएको छ ’ उनले भने । त्यही पसलको कमाईले एउटा छोरालाई बिदेश समेत पठाउन सकेको उनले बताए ।

लिडोले हामी जस्तो निम्मआय भएका ब्यक्तिहरुलाई दिएको यो सहयोग बरदान र्नै साबित भएकमो उनले बताए । उता सुद्धोदन गाउपालिका वडा नम्बर २ हरनामपुरमा अयोधी थारुले अहिले तरकारी खेतीबाट एक लाख बढी आम्दानी गर्ने गरेका छन । लिडोले उनलाई भान्टा लागतयको तरकारी खेतीकालागि बिउ र प्राबिधिक सहयोग र तालिको ब्यवस्था गरेको थियो । नया प्रबिधिबाट भान्टा खेती र गोृभी बन्दा खुर्सानी लागतयको तरकारी खेती गरेको उनले अहिले त्यसबाट राम्रो आम्दानी गरेको बताउछन । लिडोले भान्टा खेतीकालागि आवश्यक सहयोग गरे पछि आधा कठ्ठामा लगाएको भान्टा बिक्रीकालागि तयार भएको छ । २० हजारको भान्टा बेची सकेको छन । भान्टा बचेर मात्र ८० हजार कमाउने उनले बताए । १० हजार लगानी गरेर ८० हजारको आम्दानी हुने उनले बताए । लिडोबाट खटिएका प्राबिधिकहरु सुझाव अनुसार खेती गरे पछि भान्टाबाट राम्रो आम्दानी पाउने उनले बताए । आफुले तरकारी खेतीबाट बार्षिक एक लाख देखि ढड लाख कमाउने बताए । लिडोको सहयोगले ब्यवसायिक तरकारी खेतीमा जमेको उनले बताए । उता कपिलवस्तुको सु्द्धोधन गाउपालिका वडा नम्बर १ प्रगतिनगर ३ जना अपांग सन्तासंगै बस्दै आएकी लक्ष्मी परियारको घरमा लिडो शौचालय निर्माण गरेको छ । सरकारी जग्गामा सानो झुपडीमा बस्दै आएका ३ जना सन्तानको कम्मरमुनीको भाग चल्दैनन । शौचालयकालागि धेरै समस्या आए पछि लिडोले लक्ष्कीको घरमा अपांग मैत्री पक्की शौचालय निर्माण गरेको छ । शौचालय निर्माणले आफना छोराछोरीलाई शौच गर्न धेरै सहज भएको लक्ष्मीले बताईन । इस्लामिक रिलिफ अमेरिकाको सहयोगमा संचालित न्युन आय भएका र संकटापन्न सुमदायहरुको उत्थानशीलता अभिबृद्धि परियोजना अन्र्गत उनीहरुलाई सो सहयोग गरिएको हो ।

जलवायु परिर्वनबाट प्रभावित अत्यन्त गरीब परिवारको कल्यण खाध सुरक्षा, बास तथा दिगोपनमा सुधार ल्याउन कपिलवस्तुका २ र रुपन्देहीका २ पालिकाका १६ वटा बार्डमा सो परियोजा संचालन गरिएको कार्यक्रम संयोजक सुशील चौधरीले बताए । कपिलवस्तको मायादेबी गाउपालिक २, ४, ५, ७ र ८, सुद्धोदन गाउपालिका १, २ र ६, लुम्बिनी सांस्कृतिक नगरपालिका २, ४, ११ र १२ तथा समरीमाई नगरपालिका १, ३, ५ र ७ नम्बर बडमा परियोजना संचालित छन । १६ वडाका ६० समुहका १५ सय जना परियोजनाबाट प्रत्यक्ष लाभांवित भएको लिडोकी कार्यकारी निर्देशक सुनिता बेल्बासेले बताईन । ६ सय जनालाई लघु उद्यम, तथा साना ब्यवसायीलाई सहयोग, ६ सय बाख्राबाख्री, र कुखुरापालनमा सहयोग गरिएको बेल्ःबासले बताईन । कृषक समुहलाई ४० देखि ४३ हजारको बीउ र कृषक सामागूी सहयोग गरिएको उनले बताईन । जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले आफु सो संस्थाले संचालन गरेको परियोजनाको अनुगमनमा जादा राम्रो काम गरेका पाएको बताए । उनले वास्तविक र गर्ने खालको ब्यत्तिले नै सहयोग पाएको बताए ।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.