कपिलवस्तु ।
कपिलवस्तुको तौलिहवामा कक्षा २ मा नेपाली बिषय पढाउने शिक्षक लक्षित ५ दिने आधारभुत शैक्षणिक तालिम संपन्न भएको छ । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग र पिस नेपालको आयोजनामा कपिलवस्तु र बुद्धभुमी नगरपालिका तथा मायादेबी गाउपालिकाका गरी ४८ बिद्यालयका ५१ जना शिक्षकलाई सो तालिम दिइएको हो । शिक्षण सिकाईलाई प्रभावकारी बनाउन जिल्लाको सो ३ पालिकाका सोह्र सोह्र बिद्यालयमा एक बर्ष अघि देखि रुम टु रडिको कार्यक्रम संचालन हुदै आएको छ । “शिक्षित बालबालिका भए नै विश्वमा परिवर्तनको थालनी हुन्छ” भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रममा कक्षा दुईका विद्यार्थी लक्षित पहिलो चरणको कक्षा सञ्चालन गरिएको हो ।

सो अवसरमा बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले आधारभुत तहका बिदार्थीहरुको सिकाई उपलब्धी बढाउन तालिमले सकारात्मक सन्देश दिने बताए । उनले तालिम आफैमा सान्दर्भिक रहेको र यसले अबका दिनमा राम्रो परिणाम ल्याउने उनले बताए । उनले यो कार्यक्रमकालागि आफनो पालिकाको समेत लगानी रहेको र आगामी बर्षहरुमा अझ लगानी बढाउदै लाने उनले प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा रुम टु रिडको साक्षरता कार्यक्रमका दिनेश पोख्रेलले आफुहरु सहीत पालिका र शिक्षकहरुको सामुहिक प्रयासले एक बर्ष मै परिणाम आउने थालेको बताए । उनले सिकाइका सामग्री तथा विधिलाई परिमार्जन गर्दै लगिएको बताए । उनले आधारभुत बिद्यालय तर्फ पालिकाले बिशेष ध्यान दिनु पर्ने बताए । कार्यक्रम पिस नेपालका अध्यक्ष मणि प्रसाद गैह्रेको अध्यक्षता र सुमित्रा भट्टराईको संचालनमा कार्यक्रम भएको हो । तालिममा सहभागी शिक्षक शिक्षिकहरुले तालिमबाट आफुहरुले बालबालिकाहरुलाई पठनपाठन गर्ने तरिकाबारे ज्ञान हासिल गरेको बताएका थिए ।