देश

जिल्ला स्तरीय दोस्रो ‘मिस्टर कपिलवस्तु–२०८२’ शारीरिक सुगठन प्रतियोगिता हुने

जिल्ला स्तरीय दोस्रो ‘मिस्टर कपिलवस्तु–२०८२’ शारीरिक सुगठन प्रतियोगिता हुने

कपिलवस्तु । कपिलवस्तुमा जिल्ला स्तरीय दोस्रो ‘मिस्टर कपिलवस्तु–२०८२’ शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ। शारीरिक सुगठन तथा फिटनेस सामाजिक संस्थाको आज बसेको बैठकले प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष कृष्ण थापाले जानकारी दिए। उनका अनुसार प्रतियोगिता आगामी चैत २७ र २८ गते सञ्चालन हुनेछ। प्रतियोगितामा ६० केजी, ६५ केजी, ७० केजी र ७० केजीभन्दा माथि गरी चार तौल समूहमा प्रतिस्पर्धा गराइनेछ। संस्थाका कोषाध्यक्ष शैलेन्द्र श्रीमालका अनुसार प्रत्येक तौल समूहमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। साथै सबै समूहका प्रथम विजेतामध्ये उत्कृष्ट घोषित हुने खेलाडीलाई ‘मिस्टर कपिलवस्तु’…
Read More
भन्सार छली गरी भित्र्याइएको १७ लाखभन्दा बढी मूल्यको फलफूल र सवारी साधन बरामद

भन्सार छली गरी भित्र्याइएको १७ लाखभन्दा बढी मूल्यको फलफूल र सवारी साधन बरामद

कपिलवस्तु, — जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भन्सार छली गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको करिब १७ लाखभन्दा बढी मूल्य बराबरको फलफूल तथा सवारी साधन बरामद गरेको छ।प्रहरीका अनुसार मिति २०८२ माघ ११ गते इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलि ले साधन चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको लु ३ च १११७ नम्बरको पिकअप जाँच गरेको थियो। जाँचका क्रममा उक्त पिकअपमा भन्सार छली गरी ल्याइएको अन्दाजी १,३३५ केजी विभिन्न फलफूल (केरा, जुनार, अनार) फेला परेको थियो।बरामद फलफूलको बजार मूल्य रु. १,०४,८०० र पिकअप गाडीको मूल्य रु. १५,००,००० गरी जम्मा रु. १६,०४,८०० बराबरको सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पिकअप…
Read More
साना किसान कृषि सहकारी संस्था लिमिटेड, निग्लिहवाको ९औँ वार्षिक साधारण सभा, एक बर्षमा १२ करोड बढीको कारोबार

साना किसान कृषि सहकारी संस्था लिमिटेड, निग्लिहवाको ९औँ वार्षिक साधारण सभा, एक बर्षमा १२ करोड बढीको कारोबार

कपिलवस्तु साना किसान कृषि सहकारी संस्था लिमिटेड, निग्लिहवाको ९औँ वार्षिक साधारण सभा कपिलवस्तु नगरपालिका–९ स्थित श्री कनकमुनि माध्यमिक विद्यालयको प्राङ्गणमा संपन्न गरिएको छ । सभामा उपनिर्वाचन समेत गरिएको हो । २ हजार ४ सय २७ जना शेयर सदस्य रहेको सभामा सभामा १३ वटा प्रस्ताव पारित गरिएको छ । यस्तै सदस्यहरूलाई १५ प्रतिशत शेयर लाभांश वितरण गर्ने निर्णय गरिएको ब्यवस्थापक बसन्त मुराउले बताए । यस्तै रिक्त अन्तरसमूह नम्बर ८ बाट सञ्चालक प्रतिनिधिमा मीरा चौधरी निर्वाचित भएको ब्यवस्थापक मुराउले बताए ।संस्थाकी अध्यक्ष सुलोचना पराजुलीले प्रगति प्रतिवेदन प्रस्तुत तथा लेखा समितिकी संयोजक अमृता नेपाली हमालले लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिईन । सभामा मंसिर…
Read More
कपिलवस्तुमा १ जनाअवैध हतियार र जुवा खेल खेलाउँदै गरेको अवस्थामा ६ जना पक्राउ

कपिलवस्तुमा १ जनाअवैध हतियार र जुवा खेल खेलाउँदै गरेको अवस्थामा ६ जना पक्राउ

कपिलवस्तु,कपिलवस्तु जिल्लामा प्रहरीले अवैध भरुवा बन्दुकसहित एक जना तथा जुवा खेल्दैरखेलाउँदै गरेको अवस्थामा ६ जना पक्राउ गरेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा प्रहरी चौकी बेदर्मिबाट खटिएको संयुक्त टोलीले कृष्णनगर नगरपालिका–१२ निवासी वर्ष ४२ का विनोद ओझालाई अवैध भरुवा बन्दुकसहित पक्राउ गरेको हो। सामाजिक सञ्जाल टिकटकमा पोस्ट गरिएको भिडियोको आधारमा अनुसन्धान गर्दा ओझाको घरमा छापा मारिएको प्रहरीले जनाएको छ। खानतलासीका क्रममा उनको घरबाट एक थान भरुवा बन्दुक बरामद गरिएको छ। पक्राउ परेका ओझालाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। त्यसैगरी, बाणगंगा नगरपालिका–१० स्थित ‘रोयल…
Read More
कपिलवस्तुबाट कांग्रेसको टोली विशेष महाधिवेशनका लागि काठमाडौं प्रस्थान

कपिलवस्तुबाट कांग्रेसको टोली विशेष महाधिवेशनका लागि काठमाडौं प्रस्थान

।नेपाली कांग्रेसको विशेष महाधिवेशन सफल बनाउनका लागि कपिलवस्तुका युवा नेता गोविन्द केसीको नेतृत्वमा कांग्रेसको टोली काठमाडौं प्रस्थान गरेको छ । युवाहरूलाई नेतृत्वमा अघि सार्दै पार्टीभित्र लोकतन्त्र संरक्षण र सुदृढीकरण गर्ने उद्देश्यका साथ टोली राजधानीतर्फ लागेको नेता केसीले जानकारी दिनुभयो । कांग्रेसको विशेष महाधिवेशन यही महिनाको २७ र २८ गते काठमाडौंमा आयोजना हुँदैछ । उक्त महाधिवेशनमा सहभागी हुन कपिलवस्तुबाट दलबलसहितको टोली काठमाडौं प्रस्थान गरेको हो । टोलीमा नेपाली कांग्रेसका स्थानीय तथा जिल्ला स्तरका नेताहरू, महाधिवेशन प्रतिनिधि, भातृ तथा शुभेच्छुक संघ–संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको छ । नेता केसीका अनुसार विशेष महाधिवेशन पार्टीको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसर भएकाले कपिलवस्तुबाट उल्लेख्य…
Read More
क्रिप्टो कारोवारी २ जना भारतीय नागरीक प्रकाउ

क्रिप्टो कारोवारी २ जना भारतीय नागरीक प्रकाउ

कपिलवस्तु मा दुइ जना क्रिप्टो कारोवारी भारतीय नागरीक प्रकाउ परेका छन । कृष्णनगर नगरपालिका वडा नं २ बसपार्क स्थितमा रहेको हम्बल होटलमा दुई जना भारतिय नागरिकहरुले ऋचथउतयअगचचभलअथ सम्बन्धी कारोबार गरिरहेको छन् भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुबाट खटिएको प्रहरी निरीक्षक ईश्वर लौडारी समेतको प्रहरी टोलीले खान तलासि गर्दा उनीहरु प्रकाउ परेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक रिपेन्द कुमार सिंहले जानकारी दिएका छन । प्रकाउ पर्नेमा भारत महाराष्ट्र मुम्बई मलाड ईष्ट कुलार भिलेज पिपरी पाडाचौल बस्ने बर्ष अन्दाजी २१ को सहिल सुनिल सिंह र भारत उत्तर पर्देश लखनउ मणीगाँउ बस्ने बर्ष अन्दाजी बर्ष २४ को उज्वल सिंहको…
Read More
पारिवारिक अशान्तिका कारण बिरक्तिएका बिष्णु बने प्रभु बाबासन्तघाटमा कुटी बनाएर कारोना काटेश्वर बावा निर्माणको तयारी

पारिवारिक अशान्तिका कारण बिरक्तिएका बिष्णु बने प्रभु बाबासन्तघाटमा कुटी बनाएर कारोना काटेश्वर बावा निर्माणको तयारी

कपिलवस्तुपारिवारिक अशान्ति कारण बिरक्तिएका कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर ८ सोनबर्षाका ५० बर्षिय बिष्णु कुर्मी बाणगंगा नगरपालिकाको सन्तघाटमा सानो कुटी बनाएर एक बर्ष देखि त्यही एक्लै बस्दै आएका छन । लामो सयम मिस्त्री र घर बनाउने कामको ठकेदार समेत रहेका बिष्णु बाणगंगा नदीको किनारमा रहेको सन्तघाटमा कुटीमा एक्लै बस्दै आएका हुन । घाटमा सानो कुटी बनाएर बसेका उनले शिवलिङ स्थापना गरी शिवको आराधना र पु्जाआजा गर्दै आएका छन । अहिले त्यस आसपासका गाउलेहरुले उनलाई प्रभु बाबाका नामले पुकार्छन । पेशाले घर बनाउने कुशल मिस्त्री र ठकेदार समेत रहका बिष्णको ३ छोराहरु श्रीमति समेत छन । तर श्रीमति र छोराहरु गलत…
Read More
२०२५ पहिलो ‘परि–हिमालय क्षेत्रीय चलचित्र (इमेजिङ) भ्रमण प्रदर्शनी’: चलचित्रलाई माध्यम बनाएर क्षेत्रीय सृजनात्मक पारिस्थितिकीलाई सक्रिय बनाउँदै

२०२५ पहिलो ‘परि–हिमालय क्षेत्रीय चलचित्र (इमेजिङ) भ्रमण प्रदर्शनी’: चलचित्रलाई माध्यम बनाएर क्षेत्रीय सृजनात्मक पारिस्थितिकीलाई सक्रिय बनाउँदै

२०२५ पहिलो ‘परि–हिमालय क्षेत्रीय चलचित्र (इमेजिङ) भ्रमण प्रदर्शनी’: चलचित्रलाई माध्यम बनाएर क्षेत्रीय सृजनात्मक पारिस्थिति लाई सक्रिय बनाउँदै २०२५ डिसेम्बर २१ मा, २०२५ पहिलो परि–हिमालय क्षेत्रीय चलचित्र (इमेजिङ) भ्रमण प्रदर्शनी ले नेपालस्थित लुम्बिनी बौद्ध विश्वविद्यालय मा आफ्नो समापन गर्‍यो। आठ दिनसम्म चलेको यो सांस्कृतिक आदान–प्रदान कार्यक्रमले चिनियाँ एनिमेसन चलचित्रलाई सेतु बनाएर नेपालका तीन विश्वविद्यालयहरूमा सभ्यताबीचको पारस्परिक समझदारीको पुल निर्माण गर्‍यो। लुम्बिनी बौद्ध विश्वविद्यालयको कार्यक्रमले यस भ्रमण प्रदर्शनीलाई न्यानो र गहिरो अर्थपूर्ण अन्त्य प्रदान गर्‍यो। कार्यक्रमको सुरुआत नै तारामय रह्यो। त्रिभुवन विश्वविद्यालय मा सम्पन्न उद्घाटन समारोहमा नेपाली चलचित्र क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू सहभागी भए। प्रसिद्ध कलाकारहरू प्रदीप खड्का, कविता नेपाली, प्रदीप शाही, बुद्धि…
Read More
दाहोरो नागरिकताको आरोपमा २ जना पक्राउ

दाहोरो नागरिकताको आरोपमा २ जना पक्राउ

कपिलवस्तु पुस ४ दाहोरो नागरिकतासंगै आपराधिक कार्यका सलग्न रहेको आरोपमा कपिलवस्तुमा २ जना पक्राउ परेका छन । मायादेवी १ का दुर्गेशकुमार सोनार तथा कपिलवस्तु मायादेवी ७ का निरजकुमार मिश्रलाई प्रहरीले पक्राउ गरी अनुसंधान प्रकृया अघि बढाइएको हो । मिश्रा २०८१ पुस ३ गते हुन्डी सम्बन्धी कारोवारको आरोपमा पक्राउ परेका थिए । त्यही बेला १५ लाख ७० हजार नगद नेपाली नागरिकताको प्रमण पत्र, मतदाता प्रमाण पत्र र भारतीय आधार पत्र बरामद भएको थियो । त्यस हुन्डी सम्बन्धी मुद्दामा उनलाई अदालतले ६० हजार धरौटीमा छाडेको थियो । तर मिश्रा माथी दोहोरो परिचय पत्र लिएको आरोपमा मुद्दा चलाइएको थियो । मिटर ब्याजी समेत…
Read More
६ बुदे माग गर्दै जनता समाजबादी पार्टी नेपालको बिरोध प्रर्दश र धर्ना

६ बुदे माग गर्दै जनता समाजबादी पार्टी नेपालको बिरोध प्रर्दश र धर्ना

कपिलवस्तु २१ मंसिरजनता समाजवादी पार्टी नेपाल कपिलवस्तुले बिभिन्न ६ बुदे माग राख्दै तौलिहवा स्थित प्रशासन कार्यालय अघि बिरोध प्रर्दशन सहीत धर्ना दिएको छ । दिउसो साढे १२ देखि साढे १ बजे सम्म बिरोध प्रर्दशन र धर्नाकोक्रममा नाराबाजी समेत गरेका थिए । निर्वाचन क्षेत्र पुनर्संरचना, पूर्ण समानुपातिक निर्वाचन, जेन्जीले उठाएका जायज मागको सम्बोधन, आन्दोनमा गठीत छानबिन समितिको प्रतिबेदन सार्बजनिक कृषकहरुलाई सहुलियत दरमा ऋिण, मलखाद र बीउको ब्यवस्था र प्रत्यक्ष निर्बाचित कार्यकारी राष्ट्रपतिको ब्यवस्थाको माग राख्दै उनीहरु आन्दोलित भएका हुन । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा कपिलवस्तु नगरपालिकाका मेयर सुुदीप पौडेल, जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव लगायतको सहभागीता रहेको थियो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.