कपिलवस्तु
पारिवारिक अशान्ति कारण बिरक्तिएका कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर ८ सोनबर्षाका ५० बर्षिय बिष्णु कुर्मी बाणगंगा नगरपालिकाको सन्तघाटमा सानो कुटी बनाएर एक बर्ष देखि त्यही एक्लै बस्दै आएका छन । लामो सयम मिस्त्री र घर बनाउने कामको ठकेदार समेत रहेका बिष्णु बाणगंगा नदीको किनारमा रहेको सन्तघाटमा कुटीमा एक्लै बस्दै आएका हुन । घाटमा सानो कुटी बनाएर बसेका उनले शिवलिङ स्थापना गरी शिवको आराधना र पु्जाआजा गर्दै आएका छन । अहिले त्यस आसपासका गाउलेहरुले उनलाई प्रभु बाबाका नामले पुकार्छन । पेशाले घर बनाउने कुशल मिस्त्री र ठकेदार समेत रहका बिष्णको ३ छोराहरु श्रीमति समेत छन । तर श्रीमति र छोराहरु गलत लाईनमा लागेको र जति संझाउदा समेत नमाने पछि आफु घर परिवार सबै त्यागेर सन्तघाटमा शिवको शरण पुगेको बताए ।

बिवाह गरेको ३२ बर्ष भएको र आमाबुवाको देहावसन भएको ढेड दशक भएको उनले बताए । सोनबर्षामा आफुले आफनै लगानीले शिव मन्दिरको स्थापना गरेको र पटक पटक भन्डारा समेत गरेको उनले बताए । तर श्रीमति र छोराहरुले गलत लाइृनमा गए पछि आफुहरु घर गुहस्थी त्यागेर शिवको शरण आएको उनले बताए । उनले आफुले पटक पटक आत्महत्या गर्ने प्रयास समेत गरेका र श्रीमितिलाइृ समेत दुई पटक मार्न खाजे पनि शिवको कृपाले त्यसबाट जोगिएको बताए । बिगत एक बर्ष देखि कुटीमा शिवपुराण, रामारण लागायतका किताब पाठ गर्दै आएका छन । सपनामा समेत उनले शिव भगवानलाई देखेको र उहा कै आदेश अुनसार सन्तघाटामा आफुले कारोना काटेश्वर बावा मन्दिर स्थापनाकालागि शिलान्यास समेत गरेका छन । त्यसकालागि १ सय ५ रुपैया र एक लोटा जल अपर्ण गर्न सबैमा अपील गरेका छन । उनले आफनो बाकी जीवन अब शिवभक्तिमै लगाउने प्रण गरेका छन । वडाध्यक्ष योगेन्द्र कुमार केसीले प्रभु बावाको अभियानलाई आफनो वडाले समेत साथ दिने बताए । मन्दिर निर्माणमा सबैले यथाशक्य सहयोग गर्न अपील समेत गरेका छन ।