कपिलवस्तु – कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मनउल्ला मुसलमानको जाहेरीले वादी नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा संलग्न प्रतिवादी इरफान भन्ने क्यामुद्दिन मुसलमानलाई पक्राउ गरिएको हो। उनी साविक राजपुर गाविस–९, हाल बुद्धभूमि नगरपालिका–५, मोहम्मदनगर निवासी हुन्।
कपिलवस्तु जिल्ला अदालतको मिति २०६९/१२/१६ गतेको फैसलाअनुसार उनलाई २० वर्ष (जन्मकैद) कैद सजाय तोकिएको थियो। फैसला पश्चात् फरार रहेका उनलाई विशेष सूचना तथा निरन्तर खोजतलासको क्रममा प्रहरीले पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यलय र पकडी इलाका प्रहरी कार्यलय फैसला कार्यान्वयन टोलीले २०८२/११/०५ गते मायादेवी गाउँपालिका–१, बरसैंया क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय का सुचना अधिकारि प्रहरी नायव उपरिक्षक रिपेन्द्र कुमार सिंह ले जानकारि दिएका छन ।
पक्राउ परेका मुसलमानलाई आवश्यक कारबाहीका लागि कपिलवस्तु जिल्ला अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार कार्यालय कपिलवस्तु चलान गरिएको प्रहरीले जनाएको छ।
