कपिलवस्तुका विभिन्न स्थानमा शंकास्पद विस्फोटक पदार्थ राख्ने व्यक्ति पक्राउ

कपिलवस्तुका विभिन्न स्थानमा शंकास्पद विस्फोटक पदार्थ राख्ने व्यक्ति पक्राउ

कपिलवस्तु, माघ ५ गते । कपिलवस्तु जिल्लाका विभिन्न सार्वजनिक स्थानमा विस्फोटक पदार्थ राखिएको भन्ने सूचनापछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, तौलिहवाका अनुसार बिहीबार बिहान बुद्घभूमि नगरपालिका–२ गोरुसिङ्गे जंगलस्थित पूर्व–पश्चिम राजमार्ग सडक खण्ड, महाराजगञ्ज नगरपालिका–२ बाणगगा नदीको बरगदी पुल नजिक तथा शिवराज नगरपालिका–१ पूर्व–पश्चिम राजमार्गस्थित शिवपुर रेन्ज पोस्ट नजिक बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो।
विशेष सूचनाका आधारमा सार्वजनिक रूपमा प्रयोग हुने सडक, बाटो, पुल तथा सर्वसाधारण आवतजावत गर्ने स्थानमा विस्फोटक पदार्थ ओसारपसार वा राख्ने कार्यमा संलग्न रहेको आशंकामा बाणगंगा नगरपालिका–२ का ५८ वर्षीय शोभे थारुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी नेपाल कम्युनिष्ट पार्टी (बहुमत) निकट रहेको पनि उल्लेख गरिएको छ।
इलाका प्रहरी कार्यालय गोरुसिङ्गे र इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका थारुमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ बमोजिम विस्फोटक पदार्थ सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी राजेन्द्र कुमार सिंहले जानकारी दिएका छन्।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.