कपिलवस्तुको क्षेत्र नम्बर १ का कांग्रेसका उम्मेदवार अतहर कमालकी छोरी आरजु कमालले आफनो फेस बुव बालमा आफनो बुवा अतहर कमाल बारे भावुक स्टाटस लेखेकी छिन । अग्रेजीमा पोस्ट गरिएको स्टाटसमा उनले आफनो बुवालाई ‘ अस्पतालको ओछ्यानदेखि चुनावी अभियानसम्म – मेरो बुबा, मेरो नायक’ भन्दै लेखेकी छिन । उनले लेखेको नेपाली अनुबाद यस्तो छ ।
मलाई अझै पनि सम्झना छ, आईसीयू बाहिर सास रोक्दै, “कृपया, उसलाई बाँच्न देऊ।“ एक वर्ष पछि, ऊ जीवित मात्र छैन – उसले आफ्नो वरपरका सबैलाई प्रेरणा दिइरहेको छ। आज, ऊ ठूलो कुराको लागि लडिरहेको छः नेतृत्व र परिवर्तन।
मृत्युलाई पराजित गर्ने मानिस चुनौतीहरूसँग डराउँदैन। शक्ति । साहस । लचिलोपन। यो त्यस्तो प्रकारको नेता हो जसमा हामी विश्वास गर्छौं । अस्पतालको ओछ्यानदेखि चुनावी अभियानसम्म – मेरो बुबा, मेरो नायक
एक बर्ष अघि नेता कमालको मुटुमा गंभीर ब्लकेज भए पछि दिल्लीमा उपचार गरिएको थियो । त्यति बेला अप्रेशन पछि ३ दिन सम्म समेत होस नआए पछि सबैले आश मारिसकेका थिए । तर नेता कमाल बिस्तारै होसमा आएका थिए । दिल्लीमा ३ महिना बढी उपचार पछि बल्ल घर फर्केका थिए । २०७० सालमा संबिधान सदस्य जितेका पुर्व का.गैस केन्द्रिय सदस्य चुनावमा होमिएका छन ।
