तौलेश्वरनाथ एसी डिलक्स तथा श्री गणेश चार्जिङ स्टेसनको उद्घाटन

तौलेश्वरनाथ एसी डिलक्स तथा श्री गणेश चार्जिङ स्टेसनको उद्घाटन

कपिलवस्तु २० साउन
कपिलवस्तुको तौलिहवामा तौलेश्वरनाथ एसी डिलक्स ईभि तथा श्री गणेश चार्जिङ स्टेशनमो बुधवार उदघाट गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ३ आनन्दबागमा लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेले पानसमा दीप प्रज्जवलन पछि रिबन काटेर एसी डिलक्स र चार्जिङ स्टेसनको उदघाटन गरेका हुन । तौलिहवाका युवा सुनचादी व्यापारी रन्जित बर्माले एसी डिलक्स इभि र चार्जिङ स्टेसन सञ्चालनमा ल्याएका हुन् । सो अवसरमा लुम्बिनी प्रदेश सदस्य पाण्डेयले चार्जिङ स्टेशन तथा एसी डिलक्स ईभीले पछि परेको तौलिहवामा सेवा सुबिधा थपिएको बताए । उनले ईभिले सस्तोमा काठमाण्डौ सम्म एसी सहीतको सेवा पाउने भएकाले यात्रुहरु लाभाबिंत हुने उनले बताए । यस्तै चार्जिङ स्टेशनले समेत ईभी गाडी राखेकोहरुकालागि सुबिधा भएको बताए । उनले दुबै सेवा एकै पटक संचालन गरेर युवा ब्यापारी बर्माले प्रशंसनीय काम गरेको बताए । सरकारले नै ईभिलाई प्राथमिकतमा राखेको बताए । ब्यापारी बर्माले सरकारले नै फोकस गरेका ईभि सेवा आफुले सुरु गरेको बताए । उनले ईभिमा एसी सहीतको सेवा लिई सस्तो मै काठमाण्डौ सम्मा यात्रा गर्न पाउने गरी सेवा सुभाम्भ गरिएको बताए । पश्चिम नेपाल यातायात प्रालिमा आवबद्ध भई दैनिकरुपमा बिहान सवा ८ बजे बिहान काठमाढौकालागि ईभि छुटने उनले बताए । झण्डै २ करोडको लागतमा ३ वटा ईभि गाडीबाट सेवा सुरु गरिएको हो । यस्तै तालिहवा क्षेत्रकैबासीको सेवा उपलब्ध गराउन ५० लाख बढी लागतमा चार्चिङ स्टेशन समेत सूरु गरिएको छ । कार्यक्रममा कांग्रेसका पुर्व जिल्ला अध्यक्ष राजेश आचार्य, महिला नेतृ मिथुला उपाध्याय, युवा नेता राजेश ज्ञवाली गोपीकृष्ण शर्मा सु्नचादी ब्यवासी संघ जिल्ला अध्यक्ष देबी बर्मा, संतोष हमाल लगायतको सहभागीता थियो ।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.