वन संरक्षणमा उत्कृष्ट कार्य गर्ने कपिलवस्तुका दुई वन राष्ट्रियस्तरमा पुरस्कृत हुने

वन संरक्षणमा उत्कृष्ट कार्य गर्ने कपिलवस्तुका दुई वन राष्ट्रियस्तरमा पुरस्कृत हुने

कपिलवस्तु २१ साउन
बन संबद्र्धन, प्रबद्र्धन सहीत वन संरक्षणमा उदाहरणीय काम गरेको भन्दै कपिलवस्तुका २ वन राष्ट्रिय स्तरमै पुरस्कृत हुने भएका छन । कृषि वन तथा पर्यावरण मन्त्रालय अन्र्गत वन तथा भु–संरक्षण बिभागले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित काईली चौर साना किशान सामुदायिक वन उपभोक्ता समुह र बाणगंगा नगरपालिका वडा नम्बर १० स्थित मायादेबी साझेदारी वनलाई पुरस्कृत गर्न लागेको हो । डिभिजन वन कार्यालय कपिलवस्तुका सुचना अधिकारी यादव सापकोटा अनुसार कोइली चोर वन गणेशमान सिंह सामुदायिक वन तथा मायादेबी साझेदारी वन साझेदारी वन राष्ट्रिय पुरस्कारबाट पुस्कृत हुने भएको हो ।

बिभागले साउन २५ गते ललितपुरमा दुबै वनलाई पुस्कृत गर्ने कार्यक्रम समेत तय भएको उनले बताए । दुबै वनले वन संबद्र्धन, प्रबद्र्धन, संरक्षण, रोजागरी आयआर्जन समुहको सशक्तिकरण लगायतमा राम्रो काम गरे पछि पुस्कारकालागि बिभागले छनौट गरेको हो । गत बर्ष समेत मायादेबी साझेदारी राष्ट्रिय स्तरमै पुरस्कृत भएको थियो । लगातार दोश्रो बर्ष पनि मायादेबी साझेदारी वन राष्ट्रिय भए पछि आफुहरु निकै हर्षित भएको समुहका अध्यक्ष दिनेश जैसवालले बताए । उनले समुहको सबैको कडा मिहीनत र साथले यो उपलब्धी हासिल गरेको उनले बताए ।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.