कपिलवस्तु ८ पुस
कपिलवस्तु नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले परिवर्तनलाई आत्मसात गर्दै सबै मिलेर नगरपालिकाको विकास गर्नु पर्ने बताएका छन । १८ औ नगर सभामा सम्बोधन गर्दै उनले भ्रष्ट्राचार र सुशासन कायम गर्न गरिएको जेन्जीको आन्दोलनले दुई दिन मै सत्तापलट भएकोले समयको माग अनुसार सबै मिलेर महाराजगंज नगरपालिकालाई राम्रो नगरपालिका बनाउनु पर्ने बताए । उनले आफनो कार्यकालमा दुई वटा मात्र नगर सभा गर्न बाकी रहेकोले सबैले अब बिकासमा ध्यान दिनु पर्ने बताए । सो अवसरमा नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत दिपेन्द रेग्मीले नगरपालिकाले पहिलो पटक ३ स्थानमा घुम्ती शिबिर संपन्न गरी १ हजार १५६ जना नगरबासीलाई सेबा प्रदान गरिएको बताए । सोही शिबिरमा पाठेघरको क्यासन्र बिरुद्धको एचपिबिको खोप समेत ६ सय जना किशोरीलाई लगाइएको थियो । चालु आर्थिक बर्षको ६ महिना भित्र नगरपालिकामा ३० करोड बढीका २३ वटा टेन्डर मार्फत गर्ने योजनाहरुको सुचना निकालेर काम अघि बढाइएको बताए । यस्तै उपभोक्ता समिति मार्फत ७ वटा योजनाको संझौता भएको र नगरपालिकाको आधारभुत अस्पताल संचालनकालागि समेत तयारी गरिएको छ । यस्तै सभाले संशोधन प्रस्ताव समेत पारित गरेको छ । सो अवसरमा वडाध्यक्षहरुले बजेट कार्यान्वयमा बिभिन्न बाधा ब्यवधान आएकाले त्यसको निकास निकाल्नु पर्ने माग गरेका थिए । सभामा उप प्रमुख रिता कुमारी चौधरीको समेत सहभागीता थियो । सभा अब्दुल कलामको अध्यक्षता, प्रशासन प्रमुख निरन्जन पौडेलको स्वागत र बुजेश कुमारको संचालनमा भएको थियो ।
परिवर्तनलाई आत्मसात गर्दै सबै मिलेर महराजगंजको बिकास गरौ – नगर प्रमुख कलाम