पुस ५ गते काठमाडौंमा नेकपाको एकता सन्देश सभा

पुस ५ गते काठमाडौंमा नेकपाको एकता सन्देश सभा

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ गर्ने भएको छ ।नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल समेतका केन्द्रीय नेताहरूको उपस्थितिमा आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको बैठकले ‘एकता सन्देश सभा’ गर्ने निर्णय गरेको हो ।

बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको आयोजनामा हुने उक्त कार्यक्रममा व्यापक जनसहभागिता गराउने निर्णय गरिएको सो नेकपाका नेता ताज मोहम्मद मियाँले जानकारी दिए ।पार्टी निकट जनवर्गीय सङ्गठनका समन्वयमा कार्यक्रम व्यवस्थापन तथा सभाको आवश्यक तयारी गरिने जनाइएको छ । देशभर एकताको सन्देश प्रवाह गर्न प्रदेशसभा तथा केही जिल्लामा एकता सन्देश सभा गरेको पार्टीले वाम ध्रुवीकरण तथा कम्युनिस्ट शक्तिबीच एकताको प्रारम्भ गरेको छ ।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.