बिश्व रक्तदान दिवसमा तौलिहवामा रक्तदान कार्यक्रम४ महिला सहीत ६४ जनाले गरे रक्तदान

बिश्व रक्तदान दिवसमा तौलिहवामा रक्तदान कार्यक्रम४ महिला सहीत ६४ जनाले गरे रक्तदान

कपिलवस्तु ३१ जेठ
बिश्व रक्तदान दिवसमा अवसरमा कपिलवस्तुको तौलिहवा स्थित नारी शील्पकला केन्द्रका परिसरमा रक्तदान कार्यक्रम संपन्न गरिएको छ । युनिक एग्रोसेन्टर तथा रुपक भेट फार्माको आयोजना तथा नेपाल रेडक्रस सोसाईटीको प्राबिधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ४ महिला सहीत ६४ जनाले रक्तदान गरको छन । रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै गरिएको रक्तदान कार्यक्रममा उद्योगी, ब्यापारी, कर्मचारी बिद्यार्थी लगायतका नागरिकको उल्लेखनीय सहभागीता रहेको आयोजक संस्थाका प्रमुख रुपक गुप्ताले बताए ।

बिश्व रक्तदान दिवसका दिन आफुले रक्तदान गर्न पाउदा निकै खुशी लागेको साथी संस्थाकी प्रमुख बिमला पौडेलले बताईन । ‘ रक्तदान जस्तो पवित्र काम गर्न पाउदा निकै खुशी लागेको छ ’ उनले भनिन । रक्तदान दिवस कै दिन रक्तदान आफैमा धेरै राम्रो काम भएको उनले बताईन । सो अवसरमा पुर्व वडाध्यक्ष रामभजन कलवारले रक्तदान जस्तो पबित्र कार्यक्रम राखेर आयोकले धेरै राम्रो काम गरेको बताए । उनले रक्तदान नै जीवन दान भएकालेले रक्तदान गर्न मिल्नेहरु सबैले समम सयममा रक्तदान गर्नु पनेै उनले बताए ।

स्थानीय मोईद मिश्राले यो काम सराहनीय रहेको बताए । उनले जीवन दान दिनु भन्दा अरु कुनै पुन्यको काम हुन नसक्ने बताए । कार्यक्रमका रेडक्रस सोसाईटीको प्राबिधि सहयोग गरेको थियो । रेडक्रसका महामन्त्री संतोष कुमार श्रीवास्तवले सबैमा रक्तदान गर्न आवहन गरक थिए । रक्तदाताहरुलाई आयोजक संस्थाले प्रशंसा पत्र समेत प्रदान गरेका थियो ।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.