जिल्ला प्रहरी कार्याल कपिलवस्तुमा कार्यरत प्रहरी हल्वदार शान्ता खत्री नेपालभरमा उत्कष्ठ कार्य गर्दै द्धितीय भएकी छिन । देशभरीका महिला बालबालिका तथा ज्ेष्ठ नागरिक सेवा केन्द्रहरुमा कार्यरत कर्मचारी मध्ये खत्री द्धितीय भएकी हुन ।

लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियानकोक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले खत्रीलाई प्रशंसा पत्र सहीत नगद ३० हजारले सम्मानित गरेका हुन । बिभागीय नीति निर्देशन आदेशको परिधि भित्र रही सेवा केन्द्रहरुको जिम्मेवारीलाई ब्यवसायिकरुपमा संपदन गरी लैगिक हिंसा न्युनीकरण र लैंिगक उत्तरदायी प्रहरी सेवा प्रवाहमा भुमिका खेलको भन्दै खत्रीलाई पुरस्कृत गरिएको हो । रुपन्देहीको छपिया घर भएकी खत्रीले नेपाल कै दोश्रो भएकोमा आफुलाई निर्कै खुशी लागेको भन्दै आफुले थप जिम्मेवारीकासाथ काम गर्ने पं्रेरण मिलेको बताएकी छिन ।