कपिलवस्तु
३ यातायात ब्यवसायी समिति बिच फेरी बिवाद बढे पछि सोमवार दिउसो १ बजे देखि तौलिहवा– भैरहवा सडक खण्डका बस चल्न छाडेको छ । यस अघि केही दिन अघि समेत बिवाद हुदै सो सडकमा बस केही दिन बस चलेको थिएन । सिद्धार्थ यातायता ब्वसायी समितिका कर्मचारीहरुले प्राचिन कपिलवस्त यातायात ब्यवसायी समितिका चालकहरुलाई भैरहवामा कुटपीट गरेको प्राचिन कपिलवस्तु यातायात ब्यवसायी समितिको भनाई छ ।

सो घटना पछि आफुहरुको गाडी चालकहरु त्रसित बनेको र गाडी चलाउन नमाने पछि सो सडकमा गाडी चल्न नसकेको प्रचिन कपिलवस्तु यातायात समितिको भनाई छ । घटना पछि पश्चिम र सिद्धार्थ यातायात समितिको गाडी समेत चलेको छैन । प्राचिन यातायातका चालकहरुले कुटपीट गर्नेमाथी कारबाही हुनु पर्ने र शान्ति सुरक्षाको प्रत्याभुमित हुनु पर्ने माग राखेका छन । गाडी नचल्दा यात्रुहरु मर्कामा परेका छन । सो बिषयमा वडा प्रहरी तौलिहवा, ट्राफिक कार्यालय तौलिहवा र यातायात ब्यवसायी बिच छलफल हुदा कुरा नमिलेको यातायात ब्यवसायी बताउछन ।
