कपिलवस्तुमा १ जनाअवैध हतियार र जुवा खेल खेलाउँदै गरेको अवस्थामा ६ जना पक्राउ

कपिलवस्तुमा १ जनाअवैध हतियार र जुवा खेल खेलाउँदै गरेको अवस्थामा ६ जना पक्राउ

कपिलवस्तु,
कपिलवस्तु जिल्लामा प्रहरीले अवैध भरुवा बन्दुकसहित एक जना तथा जुवा खेल्दैरखेलाउँदै गरेको अवस्थामा ६ जना पक्राउ गरेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा प्रहरी चौकी बेदर्मिबाट खटिएको संयुक्त टोलीले कृष्णनगर नगरपालिका–१२ निवासी वर्ष ४२ का विनोद ओझालाई अवैध भरुवा बन्दुकसहित पक्राउ गरेको हो। सामाजिक सञ्जाल टिकटकमा पोस्ट गरिएको भिडियोको आधारमा अनुसन्धान गर्दा ओझाको घरमा छापा मारिएको प्रहरीले जनाएको छ। खानतलासीका क्रममा उनको घरबाट एक थान भरुवा बन्दुक बरामद गरिएको छ। पक्राउ परेका ओझालाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

त्यसैगरी, बाणगंगा नगरपालिका–१० स्थित ‘रोयल सिटी क्याफे एण्ड रेस्टुरेन्ट’ मा जुवा खेल्दै तथा खेलाउँदै गरेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुबाट खटिएको टोलीले खानतलासी गर्दा नगद रु। २,५६,२९०, ६ थान मोबाइल सेट र ३ गड्डी तास बरामद गरेको जनाएको छ।

पक्राउ परेका सबैलाई २०७४ को परिच्छेद ५ अन्तर्गत जुवा खेल्ने वा सट्टाबाजी गर्ने कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.