कपिलवस्तुमा प्रधानमन्त्री कप क्रिटेट प्रतियोगीताको छनौट सुरु, मेयर पौडेलले ब्याटिङ गरेर खेलको शुभारम्भ

कपिलवस्तुमा प्रधानमन्त्री कप क्रिटेट प्रतियोगीताको छनौट सुरु, मेयर पौडेलले ब्याटिङ गरेर खेलको शुभारम्भ

कपिलवस्तुमा प्रधानमन्त्री कप क्रिटेट प्रतियोगीताको छनौट कार्य सुरु भएको छ । तौलिहवा स्थित बुद्धपद उमाबिको खेल मैदानमा मेयर सुदीप पौडेलले ब्याटिङ र क्रिकेट संघका जिल्ला अध्यक्ष प्रकाश गैरेले बलिङ गरी छनौटको शुभारम्भ गरिएको हो । जिल्ला क्रिकेट संघको आयोजनामा भएको छनौट समारोहमा मेयर पौडेलले अहिले नेपालमा त्रिकेटको क्रेज बढेको बताए । उनले कपिलवस्तुबाट बिश्व कप क्रिकेट खेल्नकालागि प्रतियोगीतामा जिल्लाबाट समेत खेलाडी छनौट भएको गौरवको कुरा भएको बताए । उनले क्रिकेटबाट अहिले राम्रो खेलडीले सजिलै आफनो केरियर बनाउन सक्ने बताए । उनले क्रिकेटलाई तिनै तहका सरकारले लगानी बढाउनु पर्ने बताए ।

सो अवसरमा संघका जिल्ला अध्यक्ष गैरेले छनौटकालागि ६० बढी खेलाडीले आफनो नाम दर्ता गराएको बताए । ६ दिन सम्म ४ समुह बनाई खेल खेलाईने र खेलाडीको प्रर्दशनका आधारमा १५ जना खेलाडी छनौट गरी प्रदेशमा खेल्नकालागि पठाईने बताए । माघ ११ देखि लुम्बिनी प्रदेशको छनौट कार्यक्रम रहेको छ । जसमा ७ जिल्लाका खेलाडी सहभागी हुनेछन छनौट कार्यक्रममा नगरपालिका वडा नम्बर १ का अध्यक्ष जाहिद खाको समेत सहभागीता थियो ।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.