राष्ट्रपति रनिङ शील्ड नेपाल आर्दश माबिलाई

राष्ट्रपति रनिङ शील्ड नेपाल आर्दश माबिलाई

कपिलवस्तु २५ पुस
शिवराज नगरपालिकामा संपन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नेपाल आदर्श माध्यमिक विद्यालय, शिवपुरले जितको छ । नेपाल आदर्श मा.वि.ले २५ स्वर्ण, १७ रजत र ३ कास्य पदक सहित जम्मा ४५ पदक हात पार्दै प्रथम स्थान हासिल गरेको हो । यसैगरी राष्ट्रिय माध्यमिक विद्यालय, चन्द्रौटाले १३ स्वर्ण, ८ रजत र १० कास्य पदक सहित कुल ३१ पदक प्राप्त गर्दै दोस्रो स्थान हासिल गर्न सफल भएको छ । त्यस्तै प्रकाश माध्यमिक विद्यालय, सुन्दरीडाँडाले ५ स्वर्ण, ८ रजत र ६ कास्य सहित १९ पदक जित्दै तेस्रो स्थानमा चित्त बुझाएको छ । बिजेताहरुलाई लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री अर्जुन कुमार के.सी. मेयर अजय थापाले पुरस्कार र प्रमाण पत्र बितरण गरेका थिए । उनले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक र नैतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले अनुशासन, मेहनत र टिमवर्कले मात्रै सफलता सम्भव हुने बताए । शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले नगरपालिकाले खेलकुद विकासलाई प्राथमिकतामा राख्दै आएको बताए । उहाँले आगामी दिनमा विद्यालयस्तरका खेलकुद कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे । खेल संयोजक तथा नगर खेलकुद विकास समितिका अध्यक्ष सन्तोष चौधरीले ५० वटा विभिन्न इभेन्टमा विद्यार्थी खेलाडीहरूले उत्साहजनक सहभागिता जनाएको बताए ।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.