वडाका ५ बिद्यालयका नौ सय बढी बिद्यार्थीलाई जाडोमा न्यानो कपडा

वडाका ५ बिद्यालयका नौ सय बढी बिद्यार्थीलाई जाडोमा न्यानो कपडा

कपिलवस्तु २५ पुस
जाडो र शीलतहरले पठनपाठनमा समस्या आए पछि कपिलवस्तु नगरपालिका वडा नम्बर ६ मा रहेका ५ बिद्यालयका ९ सय बढी बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको छ । चुजी फाउन्डेशनले महेन्द्र आधारभुत बिद्यालय, लम्बु सागर, तिलौराकोट, बुद्ध बिद्या र जनता आधारभुत बिद्यालयमा रहेको ९ सय २१ बालबालिकालाई न्यानो कपडा बाडेको हो । फाउन्डेशनका सहजकर्ता राकेश उपाध्याय अनुसार बालबालिकालाई स्बीटर, टोपी र मोजको सेट उपलब्ध गराइएको हो । वडामा रहेको महेन्द्र आधारभुत बिद्यालयमा रहेको बालबालिकाहरुलाई सो न्यानो कपडा बितरण कार्य संपन्न गरिएको उनले बताए । वडाका सबै ५ वटा बिद्यालयका रहेका बिद्यार्थीलाई सो न्यानो कपडा तिरण गरिने उनले बताए ।

फाउन्डेशनकी छिङ युक, सहजककर्ता, राकेश त्रिपाठी, सिमा, एलिजा, सिमरन लगायतको टोलीले बिद्यार्थीहरुलाई न्यानो कपडा बिद्यालय मै गएर बाडेका थिए । जाडोमा बिद्यालयका बिद्यर्थीहरुलाई केही भए पनि राहतहोस भन्ने उद्देश्यले न्यानो कपडा बाडिएको सहजकर्ता उपाध्यायले बताए । वडाध्यक्ष रामजीत कुर्मीले आफना वडामा रहेको सबै बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेर धेरै राम्रो काम गरेको बताए । उनले यो कार्यले बिशेषतः गरीब र बिपन्न बालकालिकालाई धेरै राहत मिलेको बताए । फाउन्डेशनले सोही वडाको बर्मेलीमा ३० करोड बढी लागतमा लभ भिलेज निर्माण कार्य अघि बढाएको छ ।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.