के हाे इरानमाथि ट्रम्पले लगाएकाे ‘समुद्री नाकाबन्दी’ ?
काठमाडाैं । पाकिस्तानको इस्लामाबादमा इरानसँग भएको शान्ति वार्ता असफल भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साेमबारदेखि होर्मुज जलडमरूमध्यमा इरानी बन्दरगाहहरूमा नाकाबन्दी सुरु गर्ने आदेश दिएका छन्। नौसेनाको नाकाबन्दी एउटा युद्धसम्बन्धी कारबाही हाे, जसअन्तर्गत कुनै देशका बन्दरगाह वा तटीय क्षेत्रमा जहाजहरूको प्रवेश र बाहिरिने काम पूर्ण रूपमा रोकिन्छ। प्रवेश र निकास बन्द भएपछि त्यस देशबाट सामान बाहिर जान सक्दैन । साथै औषधि, खाना वा हतियार जस्ता आवश्यक सामग्री समुद्री मार्गबाट भित्रिन पनि पाउँदैनन्। यदि होर्मुज जलडमरूमध्य बन्द भयो भने सबै देशमा यसको नकारात्मक असर पर्ने निश्चित छ।जब कुनै शक्तिशाली देशले आफ्नो नौसेनाको प्रयोग गरेर अर्को देशका बन्दरगाहहरूलाई चारैतिरबाट घेराबन्दी गर्छ, जसले गर्दा त्यहाँ…