भन्सार छली गरी भित्र्याइएको १७ लाखभन्दा बढी मूल्यको फलफूल र सवारी साधन बरामद

भन्सार छली गरी भित्र्याइएको १७ लाखभन्दा बढी मूल्यको फलफूल र सवारी साधन बरामद

कपिलवस्तु, — जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भन्सार छली गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको करिब १७ लाखभन्दा बढी मूल्य बराबरको फलफूल तथा सवारी साधन बरामद गरेको छ।
प्रहरीका अनुसार मिति २०८२ माघ ११ गते इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलि ले साधन चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको लु ३ च १११७ नम्बरको पिकअप जाँच गरेको थियो। जाँचका क्रममा उक्त पिकअपमा भन्सार छली गरी ल्याइएको अन्दाजी १,३३५ केजी विभिन्न फलफूल (केरा, जुनार, अनार) फेला परेको थियो।
बरामद फलफूलको बजार मूल्य रु. १,०४,८०० र पिकअप गाडीको मूल्य रु. १५,००,००० गरी जम्मा रु. १६,०४,८०० बराबरको सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पिकअप चालक जिल्ला दाङ राप्ती गाउँपालिका–१ निवासी अन्दाजी २५ वर्षीय मोहम्मद अकरम तथा सहचालकलाई आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कर्यलय कपिलवस्तु का प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंह ले जानकारी दिएका छन्।
त्यसैगरी, सोही दिन साँझ करिब १७:३० बजे कृष्णनगर नगरपालिका–२ स्थित प्रहरी चेकपोष्ट नजिक भारतबाट भन्सार छली गरी ल्याइएको अन्दाजी रु. १,०९,३०० मूल्य बराबरको फलफूल (केरा, जुनार, अंगुर) बेवारिसे अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। उक्त फलफूल समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय पठाइएको छ।
प्रहरीले सीमा नाकाबाट हुने अवैध चोरी निकासी तथा पैठारी नियन्त्रणका लागि चेकजाँचलाई कडाइ गरिएको सिंह ले जनाएको छ।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.