कपिलवस्तुमा समाजवादी विद्यार्थी युनियनको तदर्थ समिति गठन

कपिलवस्तुमा समाजवादी विद्यार्थी युनियनको तदर्थ समिति गठन

जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन कपिलवस्तुले तदर्थ समिति गठन गरेको छ। मारुफ खानको संयोजकत्वमा गठन गरिएको समितिको सहसंयोजकमा बाविता मौर्यालाई चयन गरिएको छ । समिति गठनसम्बन्धी जानकारी दिँदै जसपा नेपाल कपिलवस्तुका जिल्ला सचिव शिवलाल यादवले ११ सदस्यीय तदर्थ समिति गठन गरिएको जानकारी गराए । उनले नवगठित समितिले विद्यार्थीको हक, अधिकार र शैक्षिक मुद्दामा सशक्त रूपमा आवाज उठाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष मनिष यादवले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि विद्यार्थी संगठनको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताए । उनले भने, “विद्यार्थीको हक र अधिकारका लागि समाजवादी विद्यार्थी युनियन सधैं अग्रपंक्तिमा रहँदै आएको छ, अब यसलाई अझ व्यवस्थित र परिणाममुखी बनाइनेछ ।” जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य अब्दुल रसिदले विद्यार्थी राजनीतिले सही दिशा लिन सके समाज परिवर्तनको बलियो आधार बन्ने उल्लेख गर्दै नवगठित समितिलाई सफलताको शुभकामना दिए । त्यसैगरी पार्टीका केन्द्रीय सदस्य साधिका यादवले महिला विद्यार्थीको सहभागिता र नेतृत्वलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै सहसंयोजकमा बाविता मौर्याको चयनले संगठनमा समावेशिता मजबुत हुने विश्वास व्यक्त गरिन । जसपा नेपाल कपिलवस्तुका जिल्ला अध्यक्ष शैलेन्द्र यादवले विद्यार्थी संगठन पार्टीको मेरुदण्ड भएको उल्लेख गर्दै विद्यार्थी आन्दोलनलाई वैचारिक, अनुशासित र जनमुखी बनाउने दिशामा अगाडि बढ्न आग्रह गरे । समिति गठन कार्यक्रममा पार्टीका नेता, विद्यार्थी प्रतिनिधि तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.