सुन चाँदीका गरगहना सफा गर्ने बहानामा ठगी गर्ने मानिस पक्राउ

सुन चाँदीका गरगहना सफा गर्ने बहानामा ठगी गर्ने मानिस पक्राउ

कपिलवस्तु ५ पुष,
कृष्णनगरमा सुन चाँदीका गरगहना सफा गर्ने बहानामा ठगी गर्ने मानिस पक्राउ परेका छन । कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगर मा सुन,चाँदी तथा पित्तलका गरगहनाहरु सफा गर्ने टल्काउने भनि स्थानिय मानिसहरुलाई झुकयाएर सुन,चाँदी,पित्तल ठगी गर्ने उद्देश्यले कृष्णनगर बजारमा सुन तथा चाँदीका गरगहनाहरु सफा गर्दै गरेको अवस्थामा प्रकाउ परेको जिल्ला प्रहरी कार्यलयका कपिलवस्तुका प्रहरी नायव उपरिक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिएका छन । प्रकाउ पर्नेमा भारत देश बिहार प्रदेश बेगुसराय जिल्ला बखडी पोष्ट खगडिया ग्राम बेला बस्ने वर्ष २० को सनी सोनी रहेको पक्राउ गरी कपिलवस्तु जिल्ला अदालतबाट दिन पाँच को म्याद थप भई थप अनुसन्धान भईरहेको व्यहोरा सिहले जानकारी गराएका छन ।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.