कपिलवस्तु । कपिलवस्तु जिल्लामा पहिलो पटक ‘टिलौराकोट आइरन म्यान एण्ड वुमन राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ तथा I.B.P. च्याम्पियनसिप–२०८२’ आयोजना हुने भएको छ। स्ट्रेन्थलिफ्टिङ संघद्वारा आयोजित पत्रकार सम्मेलनमा मसिर १२ र १३ गते हुने प्रतियोगिताका लागि आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ । २०७८ साल देखि येसै जिल्ला बाट शुरु भयेको यस खेल लाई प्रत्येक बर्ष निरन्तरता दिने संघ का केन्द्रिय महासचिव जीवन गिरिले बताएका छन । यसै गरि पुरुषतर्फ सब–जुनियर, जुनियर, सिनियर तथा मास्टर गरी विभिन्न उमेर र तौल समूह रहनेछन्। ५२ केजी, ६०, ६८, ७६, ८५ र ८५+ केजी वर्गमा प्रतिस्पर्धा हुनेछ। महिलातर्फ भने ५८ केजी, ६५ केजी, ६५+ केजी तथा मास्टर (३८ वर्ष+) समूह राखिएको संघ का केन्द्रीय सदस्य बिजेन्द्र श्रेष्ठ ले जानकारी गरयेका छन । खेलाडीहरू Incline Bench Press, Hacklift र Bicep Curl विधामा प्रतिस्पर्धा गर्नेछन । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई आकर्षक नगद पुरस्कार र ट्रफी दिने व्यवस्था गरिएको छ। ओभरअल च्याम्पियन (पुरुष स्ट्रेन्थलिफ्टिङ) : रु २०,००० ,ओभरअल च्याम्पियन (पुरुष I.B.P.) : रु १५,००० ,ओभरअल च्याम्पियन (महिला स्ट्रेन्थलिफ्टिङ) : रु २०,००० ओभरअल च्याम्पियन (महिला I.B.P.) : रु १५,००० त्यस्तै प्रत्येक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई रु ३०००, रु २००० र रु १००० साथै उत्कृष्ट १ टिमलाई बेस्ट टिम अवार्ड सहित मेडल र प्रमाणपत्र प्रदान गरिने जिल्ला संघ का अध्यक्ष बलराम न्योपाने जानकारी दिएका छन ।