कपिलवस्तु
वन संरक्षण र प्रबद्र्धनमा उत्कृष्ट काम गर्दै आएको कपिलवस्तुको मायादेबी साझेदारी वनले फलफलुको बिरुवा बितरण सुरु गरेको छ । साढे ११ हजार फलफुलको बिरुवा बितरणकालागि तयारी अघि बढाएको हो । साझेदारी वनका अध्यक्ष दिनेश जैसवालले साझेदारी वनको क्षेत्र भित्र पर्ने वडा वडा बिरुवा बितरणकालागि पुर्याइ सकिएको बताए । उनले प्रत्येक वडामा ७ सयका दरले फलफुलको बिरुवा बितरण गर्ने तयारी गरिएको उनले बताए । केही बिरुवाहरु भेन बितरण गरी सकिएको छ । यस बर्ष साढे ७ हजार आप, ढाई हजार लिची , एक हजार कटहर र एक हजार कागतीका बिरुवा बितरण गरिने जैसवलाले बताए ।

उनले पहिलो चरणमा साढे ११ हजार बितरण गरिने र कुल लक्ष्य भने ३० हजार रहेको बताए । साझेदारी वनले अतिक्रमित क्षेत्रको समेत ब्यवस्थान गर्दै आएको छ । यस्तै वन संरक्षण र प्रबद्र्धनमा समेत राम्रो काम गरको भन्दै मायादेबी साझेदारी वन राष्टिङ स्तरमै पुरस्कृत समेत भएको थियो । वन उपभोक्ता समुहलाई वन संरक्षण सहीत आय आर्जनसंग जोडन बिरुवा बितरण गरिएको जैसवालले बताए । उनले हरेक बर्ष बिरुवा बितरण गर्ने कार्य जारी राखेको उनले बताए । बिरुवाले वातावरण संरक्षणका साथै घरघरमा फलफूल बगैँचा विस्तार, हरियाली प्रवद्र्धन तथा स्थानीय उत्पादन वृद्धि गर्र्न योगदान पुग्ने उपभोक्ताहरु बताउछन ।