राष्ट्रिय कृषि आधुनीकीकरण कार्यक्रम र कृषि ज्ञान केन्द्रको कार्यक्रमको संयुक्त अनुगमन

राष्ट्रिय कृषि आधुनीकीकरण कार्यक्रम र कृषि ज्ञान केन्द्रको कार्यक्रमको संयुक्त अनुगमन

कपिलवस्तु १८ असार
राष्ट्रिय कृषि आधुनीकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वय एकाई कपिलवस्तु र कृषि ज्ञान केन्द्रका कार्यक्रमहरुको संयुक्त अनुगन गरिएको छ । जिल्ला समन्वय प्रमुख बाबुराम आचार्य प्रजिअ जर्नादन गौतम सहीतको सरोकारवाला सहीतको टोलीले कार्यान्वयन एकाईका २ र कृषि ज्ञान केन्द्रका २ गरी स्थानमा रहको कामको अनुगन गरिएको हो । बाणगंगा नगरपालिका वडा नम्बर ४ स्थित जनसेवा बहुमुखी सहकारी संस्था लिमिटेडमा कार्यक्रम कार्यान्वयन एकाईले आर्थिक बर्ष २०७३÷०७४ देखि नै अनुदान दिन सुरु गरेको थियो । प्रशोधन मेशीन र निर्माण गरी कुल १ करोड २१ लाख २२ हजार अनुदान पाएको सहकारीका अध्यक्ष द्रोण कुरमा सबेदीले बताए । संस्थाले बचत तथा ऋण बीउ बिजनज उत्पादन प्रशोधन भण्डारण तथा बिक्री बितरण लगायतका काम गर्दै आएको बताए ।

गोदाम घर निर्माण संपन्न भई सकेको छ । यस्तै टोलीले एकाइको ८५ प्रतिशत अनुदानमा बुद्धभुमी नगरपालिका ४ स्थित साना किशान कृषि सहकारी संस्थाले चिउराभुजा उद्योग सहीतको निर्माण गरेका गोदाम घरको अनुगमन गरेको थियो । एकाईले १७ लाख ८४ हजार मध्ये ८५ प्रशित अनुदान दिएको संस्थाका अध्यक्ष राम प्रसाद चौधरीले बताए । उत्पादन कार्य आउने दशै देखि सुरुवात गर्ने योजना रहेको बताए । यस्तै टोलीले कपिलस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ५ कोपवामा बिहानी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्थामा कृषि ज्ञान केन्दूले आटो रिक्सा, दुग्धजन्य सामाग्री प्याकेजिङ सामाग्रीकालागि सहयोग गरको थियो । संस्थाकी अध्यक्ष नर्मदा बोहरा चुदालीले ज्ञान केन्द्रको सहयोमगमा खरिद गरिएको अटो रेक्साले कृषकहरुको दुध खरिर गरी ल्याउन र सामाग्री ढुावनीमा सहज भएको बताईन । यस्तै बाणगंगा नगरपालिका १ जितपुर स्थित सिनर्जी बहुउद्देश्यीयले संचालन गरेको प्रांगारिक भ्रमिपोस्ट उत्पादन प्रबद्र्धन कार्यक्रमको समेत अनुमन गरिएको थियो । ५ लाख ९९ लाख मध्ये ३ लाख ५ हजार ज्ञान केन्द्रले अनुदान दिएको छ ।

सोही कार्यक्रम अन्तर्गत प्रारंगारिक र प्रांगारिक भ्रमिपोस्ट मल उत्पादन सुरु भईसकेको छ । मलको अत्यधिक माग भए पनि उत्पादन गर्नए नसकिएको अध्यक्ष लक्ष्मण बेल्बासेले बताए । जिल्ला समन्वय प्रमुख आचार्यले एकाई र ज्ञान केन्द्र गरी ४ स्थानमा गरिएको अनुगमन गरिएको बताए । अनुदान अनुसार राम्रो राम भएको र सदुयोग भएको बताए । अुनदान र सहायोगको सही सदुपयोग भएको देखिएको उनले बताए । सो अवसरमा प्रजिअ जर्नादन गौतमले प्राप्त अनुदानको सही सुदुपोग गरी अघि बढनु पर्ने बताए । उनले नेपाल तर्फ उत्पादन गरिएको बीउले कृषकहकरु अझेै बिश्वास जित्न नसकेको देखिएकाले बिश्वास जित्ने गरी काम अघि बढाउनु पर्ने बताए । एकाई प्रमुख राकेश ओझाले चालु आर्थिक बर्ष २०८२÷०८३ को सबै कामहरु संपन्न भई सकेको बताए । उनले एकाइले दिएको अनुदान पुर्ण रुपमा सदुपयोग भएको र हजारौ कृषकहरु लाभांवित भएको बताए । अनुगनमन टोलीमा जिल्ला समन्वय उप प्रमुख रमेश कुर्मी, सहायक प्रजिअ भबिश्वर घिमिरे, जिल्ला समन्वय अधिकारी जर्नादन गौतम भेटनरी तथा पशु सेवा भेट्नरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख सुकई चौधरी लगायतका सहभागी थिए ।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.