बैदेशिक रोजगारीमा जाने तयारीमा रहेका कामदार तथा प्लस टु र स्तातक तहमा अध्ययरत बिद्यार्थीहरुलाई अभिमुखीकरण

बैदेशिक रोजगारीमा जाने तयारीमा रहेका कामदार तथा प्लस टु र स्तातक तहमा अध्ययरत बिद्यार्थीहरुलाई अभिमुखीकरण

कपिलवस्तु २४ चैत
कपिलवस्तुको बुद्धुभुमी नगरपालिका वडा नम्बर १ स्थित सिद्धार्थ स्मारक माबिमा बैदेशिक रोजगारीमा जाने तयारीमा रहेका कामदार तथा प्लस टु र स्तातक तहमा अध्ययरत बिद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम संपन्न गरिएको छ । बुद्धभुमी नगरपालिकाको आयोजना तथा सामी कार्यक्रमको प्राबिधिक सहयोगमा रोजगार सेवा केन्द्र कार्यक्रम अन्र्गत उनीहरुलाई सो अभिमुखीकरण गरिएको हो । बैदेशिक रोजागरीलाई सुरक्षित मर्यादीत बिश्वासिलो र भरपर्दा बनाउन यो कार्यक्रम गरिएको हो । कार्यक्रमको ब्यानर पढेर उदघाटन गर्दै वडाध्यक्ष तथा नगर प्रबक्ता तिलक बहादुर बस्नेतलले बिदेशमा रोजगारीकालाथि जादा आवश्यक सवधानी अपनाउनु पर्ने बताए । जानकारी बिना रोजगारमा जादा पछि आफैलाई धेरै जोखिम र झन्झट हुने बताए । उनले अहिले प्रबिधिको युगमा प्रबिधिको भरपुर लाभ लिएर आवश्यक जानकारी लिनु पर्ने उनले बताए । अब पालिका र वडाको समेत बजेट निर्माण हुन लागकोले त्यस सम्बन्धी कुनै नया कार्यक्रम भए आफुलाई अवगत गराए बजेट समेत बिनियोजन गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे ।

सो अवसरमा पालिकाका रोजगार संयोजक रबनि चौधरीले बैदेशिक रोजगारीलाई सुरक्षित बनाउन बुद्धुभुमी नगरपालिकाले पालिका भित्र रहेका बिद्यालयका बिद्यार्थीलाई सुरक्षित आप्रवासन सम्बन्धी सचेतनामुलक कार्यक्रम जारी रहेको बताए । दलालको भरमा परेर बैदेशिक रोजगारीमा जानेक्रम बढे पछि पालिकाले बिद्यालयस्तरबाटै सुरक्षित आप्रवासन सम्बन्धी सचेतनामुलक कार्यक्रम चलाएको उनले बताए । बुद्धभुमी नगरपालिकाबाट ५ हजार बढी बिभिन्न देशमा रोजगारीकालागि गएका छन । सचेत, जानकारी नहुदा तथा दलालको भर पर्दा भने अनुसारको काम र पैसा नपाएको , अलपत्र परेको, ठगीने जस्ता समस्याहरु समेत आउनेक्रम बढेको चौधरीले बताए । बैदेशिक रोजगारीलाई सुरक्षित र ब्यवस्थित गर्न बुद्धभुमी नगरपालिकाले आफनो नीति तथा कार्यक्रम मै बजेट बिनियोजन गरेको छ । बिद्यार्थीलाई बैदेशिक रोजगारीमा जान भन्दा पहिले, जादा र पुगे पछि पछि आवश्यक प्रकृयाका बिषयमा जानकारी गराइएको चौधरीले बताए । राजगारीमा जादा सिममुलक तालिम लिएर जानु पर्ने, सुचनामा पहुच हुुन पर्ने, मनोसामाजिक परामर्श लिनु पर्ने बित्तिय साक्षरता र न्यायमा पहुच हुनु पर्ने लगायतका बिषयमा अभिमुखीकरणमा जानकारी गराइएको थियो । कार्यक्रममा सामी कार्यक्रमका जिल्ला संयोजक सुभाष रेग्मीले सामी कार्यक्रमका बिषयमा जानकारी दिएका थिए । उनले बैदेशिक रोजागरीमा जादा चालिने प्रकृया, अपाउनु पर्ने सवाधानी, कानुनी प्रकृया लगायतका बिषयमा जानकारी गराएका थिए ।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.