जिल्ला स्तरीय दोस्रो ‘मिस्टर कपिलवस्तु–२०८२’ शारीरिक सुगठन प्रतियोगिता हुने

जिल्ला स्तरीय दोस्रो ‘मिस्टर कपिलवस्तु–२०८२’ शारीरिक सुगठन प्रतियोगिता हुने

कपिलवस्तु । कपिलवस्तुमा जिल्ला स्तरीय दोस्रो ‘मिस्टर कपिलवस्तु–२०८२’ शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ। शारीरिक सुगठन तथा फिटनेस सामाजिक संस्थाको आज बसेको बैठकले प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष कृष्ण थापाले जानकारी दिए।

उनका अनुसार प्रतियोगिता आगामी चैत २७ र २८ गते सञ्चालन हुनेछ। प्रतियोगितामा ६० केजी, ६५ केजी, ७० केजी र ७० केजीभन्दा माथि गरी चार तौल समूहमा प्रतिस्पर्धा गराइनेछ।

संस्थाका कोषाध्यक्ष शैलेन्द्र श्रीमालका अनुसार प्रत्येक तौल समूहमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। साथै सबै समूहका प्रथम विजेतामध्ये उत्कृष्ट घोषित हुने खेलाडीलाई ‘मिस्टर कपिलवस्तु’ उपाधिसहित ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको उनले बताए।

संस्थाका सल्लाहकार सजिंत श्रेष्ठले प्रतियोगितालाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताए। यस्ता प्रतियोगिताले खेलाडीहरूको उत्साह र मनोबल उच्च बनाउन सहयोग पुग्ने उनको भनाइ छ।

सचिव मनिष कार्कीको सञ्चालनमा भएको बैठकमा उपाध्यक्ष सलोनी मोदनवाल तथा सदस्यहरू राजेश कुमार बारी, महिमा तमोली, सुरेन्द्र प्रसाद बर्मा र विश्वबन्धु घिमिरेको उपस्थिति रहेको थियो।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.