जीर्ण बिजगौरी– बुढ्ढी सडकमा पक्की सडर्माण सुरुक निसडक निर्माणकालागि साढे १९ करोड बजेट

जीर्ण बिजगौरी– बुढ्ढी सडकमा पक्की सडर्माण सुरुक निसडक निर्माणकालागि साढे १९ करोड बजेट

जीर्ण बनेको कपिलवस्तुको बुद्धभुमी नगरपालिको बिजगौरी– बुढ्ढी सडक अन्र्गत बिजगौरी देखि सडक निर्माण सुरु भएको छ । तौलिहवा देखि बिजगारी हुदै बुढ्ढी सम्मको सडक जीण बनेको अवस्थामा सोही सडकको बिजगारी देखि उत्तर १४ सय मिटर सडक निर्माण १० दिन देखि थालिएको छ । पहिलो चरण अन्र्गत सडक डिभिजन कपिलवस्तुको २ करोड २४ लाखमा अक्सफाल्ट प्रबिधि अनुसार सडकले निर्माण सुरु भएको हो । ईन्द्रेणी गंगा जेभीले आगामी असार भित्र सकाउने गरी कामको सुरुवात गरिएको निर्माण कम्पनीका सदस्य थानेश्वर घिमिरेले बताए । अहिले सो खण्डमा सब बेसको काम लगभग सकिएको छ । सब बेस पछि बेस र त्यस पछि अक्सफाल्ट प्रबिधिले सडक निर्माण गरिने छ । कम्पनीका सदस्य घिमिरेले मौसम र समयले साथ दिए फागनु भित्रै सो सडक निर्माण सकिने गरी काम अघि बढाइएको छ । बुद्धुभुमी नगरपालिका वडा नम्बर १० का सदस्य संदीप पाण्डेयले जीर्ण सडक निर्माण कार्य तीब्र गतिमा भएको बताए । उनले निर्माण कम्पनीले तीब्र र गुाण्स्तरीय काम गरकोले स्थानीयबासी खुशी भएको बताए ।

२०६० सालमा तत्कालीन जिबिसमा संचालित ग्रामीण सडक पुर्वाधर परियोजना र स्थानीय श्रमदान गरी १० करोड लागतमा तौलिहवा बिजगौरी बुुढ्ढी खण्डको २१ किलो मिटर सकड निर्माण गरिएको थियो । दुई दशक हुदा समेत सडक मर्मत नभए पछि जीर्ण बनेको छ । बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले सो सडकलाई नगरपालिकाले गौरवको योजनामा राखेको बताए । उनले सो सडककालागि शहरी विकास मन्त्रालयबाट ६ करोड, भौतिक विकास मन्त्रालयबाट ३ करोड र नगरपालिकाको साढे १० करोड गरी कुल साढे १९ करोड बजेट बिनियोजन भई ठेक्का संझौता भई काम अघि बढेको उनले बताए । सोही सडक खण्डमा नगरपालिकाको साढे १० करोडबाट साढे ४ किलो मिटर, शहरी विकास मन्त्रालयको बजेटबाट २६ सय मिटर सडक निर्माण सुरु भएको बताए । बिजगौरी देखि बुढ्ढी सम्मको नौ किलो मिटर यसै आर्थिक बर्षमा निर्माण हुने उनले बताए । उता बुढ्ढीको उत्तर तर्फ शहरी विकास मन्त्रालयको ३ करोड लागतमा ४ सय मिटर सडक पक्की गर्ने काम समेत सुरु भएको छ ।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.