आर्या बचत तथा ऋण सहकारी संस्थाको १७ औ साधारण सभा

आर्या बचत तथा ऋण सहकारी संस्थाको १७ औ साधारण सभा

कपिलवस्तु
कपिलवस्तुको तौलिहवा स्थित आर्या बचत तथा ऋण सहकारी संस्थाको १७ औ साधारण सभा संपन्न गरिएको छ । सभाको लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयले पानमा दिप प्रज्जवलन गरी उदघाटन गरेका थिए । सो अवसरमा उनले सहकारीलाई पारदर्शी र सहकारीको सिद्धान्त अनुसार संचालन गर्नु पर्ने बताए ।

उनले देशभर अहिले सहकारीमा अनियमितता, अपचलन लगायतका कुराहरु बाहिर आएकाले सहकारी संस्था यस बारे सचेत हुुन पर्ने बताए । उनले देशको अर्थतन्त्रमा सहकारीले टेवा दिएको र आफनो समुहमा स– सानो ऋण लिन समेत सहकारीले मद्दत गरेको बताए । सहकारीलाई सरकारले समेत नियमन गर्नु पर्ने उनले बताए । कार्यक्रममा प्रगति र आर्थिक प्रतिबेदन मुकेश श्रीवास्तवले पेश गरको थिए । सभामा आधा दर्जनलाई सम्मानित समेत गरिएको थियो । संस्थाका सचिव मोहन शुक्लाको अध्यक्षतामा भएको सभामा कपिलवस्तु बचत तथा ऋण सहकारीका अध्यक्ष राजु प्रसाद अर्याल लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.