कपिलवस्तुमा समाजवादी विद्यार्थी युनियनको तदर्थ समिति गठन
जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन कपिलवस्तुले तदर्थ समिति गठन गरेको छ। मारुफ खानको संयोजकत्वमा गठन गरिएको समितिको सहसंयोजकमा बाविता मौर्यालाई चयन गरिएको छ । समिति गठनसम्बन्धी जानकारी दिँदै जसपा नेपाल कपिलवस्तुका जिल्ला सचिव शिवलाल यादवले ११ सदस्यीय तदर्थ समिति गठन गरिएको जानकारी गराए । उनले नवगठित समितिले विद्यार्थीको हक, अधिकार र शैक्षिक मुद्दामा सशक्त रूपमा आवाज उठाउने विश्वास व्यक्त गरे । कार्यक्रममा समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष मनिष यादवले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि विद्यार्थी संगठनको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताए । उनले भने, “विद्यार्थीको हक र अधिकारका लागि समाजवादी विद्यार्थी युनियन सधैं अग्रपंक्तिमा रहँदै आएको…