कपिलवस्तु नगरपालिका वडा नम्बर २ ले दियो १ सय ४३ कृषकलाई स्प्रेयर टंकी

49

कपिलवस्तु २७ जेठ
कृषकहरुलाई प्रोत्साहीत गरी ब्यवसायिक खेतीलाई बढावा दिन कपिलवस्तु नगरपालिका नगरपालिका वडा नम्बर २ ले १ सय ४३ कृषकहरुलाई ईलेक्ट्रिक स्प्रेयर टंकी उपलब्ध गराईएको छ । सहकारी, कृषि र ब्यक्तिगतरुपमा कृषि क्षेत्रलाई बढवा दिन उनीहरुलाई स्प्रेयर उपलब्ध गराइएको हो । कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेल, र वडाध्यक्ष अशोक कुमार गुप्ताले कृषकहरुलाई सो स्प्रेयर हस्तान्तरण गरेका थिए ।

मेयर पौडेलले ब्यवसायिक कृष क्षेत्र तर्फ कृषकहरुलाई उन्मुख गर्न नगरपालिकाले बिभिन्न कृषि सामाग्री उपलब्ध गराइएको बताए । उनले कृषकहरुको समस्या समाधान गर्ने गरी काम अघि बढाउने बताए । ‘ उनले मलखाद बिउ बिजन, सिचाई लगायतका सामाग्रीहरु सहजरुमपा उपलब्ध गराउन आफु लागी परेको बताए । वडाध्यक्ष गुप्ताले आफनो वडाले कृषकहरुलाई प्राथमिकतामा राखेको बताए । उनले कृषकहरुलाई थप सहयोग जारी राख्ने बताए । सप्रेयरमा किट, रोग र झारपात नाशक बिषादी तथा भिटामिन समेत राखेर बोट बिरुवामा छर्न सकिन्छ । स्प्रेयर टु ईन वान रहेको छ । ब्याट्री र हात दुबैले चल्ने र गन समेत जडित छ । स्प्रेयर १६ लिटर क्षमताको छ । स्प्रेयर पाए पछि कृषकहरु खुशी बनेका छन । उनीहरुले आफुले यसको भरपुर सदुपयोग गर्ने बताए ।

Leave A Reply

Your email address will not be published.