नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ कपिलवस्तुको साधारण सभा तथा तालिम समापन

40

कपिलवस्तु
नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ कपिलवस्तुको साधारण सभा तथा १५ दिने फेसन डिजाईन सिलाई तालिम समापन समारोह कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर २ स्थित होटल प्रेस सागरमा संपन्न गरिएको छ । बुद्धभुमी नगरपालिकाको आर्थिक सहयोमगा संघले १५ बढी महिलाहरुलाई १५ दिने तालिम दिएको थियो । सहभागीहरुलाई प्रमाण पत्र बितरण गर्दै मेयर केशव कुमार श्रेष्ठले अहिलको प्रतिस्पर्धाको युगमा सिलाई कटाई ब्यवसायीले गुणस्तीय सिलाई र कटाई गरी आफनो ब्यवसायलाई अघि बढाउनु पर्ने बताए । उनले सिलाई कटाई ब्यवसाय अहिले बिगतमा जस्तो कुनै जाति बिशेषकारुपमा नभै हरेक जातजातिले ब्यवसायिकरुपमा सम्मानपुर्वक संचालन गरेको बताए ।

उनले रेडीमेड र बैदेशिक कपडा निर्यातले सिलाई कटाईको ब्यवसायमा असर परेको कुरा सही रहेको भन्दै यस्तोमा अब यसकालागि सिलाई कटाई ब्यवसायी पनि चनाखो हुनु पर्ने बताए । उनले आफनो पालिकाले रोजागरी सुजना हुने खालका कार्यक्रम संचालन गर्ने बताए । उनले थप एडभान्स तालिमकालागि आगामी बर्ष बजेट बिनियोजन गर्ने तथा जग्गा प्राप्त भए भवन निर्माणकालागि समेत सहयोग गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे । सो अवसरमा संघका राष्ट्रिय उपाध्यक्ष राम कुमार रणपालले संघलाई बुद्धभुमी नगरपालिकाले हरेक बर्ष बजेट बिनियोजन गरेर कार्यक्रम दिएकोमा धन्यबाद दिदै यस्तो सहयोग निरन्तर रहन आशा ब्यक्त गरे । उनले संघको जग्गा र भवन निर्माणमा पालिकाले सहयोग गर्ने तर्फ आफु आशाबादी रहेको बताए । संघकी जिल्ला अध्यक्ष सुशीला श्रेष्ठको अध्यक्षता र पुर्णचन्द्र परियारको संचालनमा भएको कार्यक्रममा संघका केन्द्रिय सदस्य रुपलाल परियार नगरपालिका वडा नम्बर ५ का अध्यक्ष रोम बहादुर थापा, संघका लुम्बिनी प्रदेश अध्यक्ष सुरेन्द्र दर्लामी, उद्योग बाणिज्य संघ बुद्धभुमीका अध्यक्ष सुभलाल भुसाल लगायतले शुभकामना मन्तब्य दिएका थिए । साधारण सभामा प्रगति र आर्थिक प्रतिबेदन पास गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.