देशभरका खेलाडीको तथ्यांक केन्द्रिकृत गरेर सफ्टबेयर निर्माण गछौ – राखेप उपाध्यक्ष आचार्य

44

राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुब आचार्यले खेलकुद क्षेत्रको विकासकालागि ७ सय ५३ तह कै क्षेत्रको गतिबिधिहरुको एकीकृत तथ्यांक संकलन गरेर सफट ेबयर निर्माण गरिने बताएका छन । उनले परिषदले आगामी आर्थिक बर्षको साउन महिना बाटै देशभरका खेलाडीको एकिकृत रुपमा केन्द्रिकृत रुपमा तथ्याङ्क व्यवस्थित गर्न थालेको बताए । जिल्ला खेलकुद बिकास समिति अन्र्तगतको तौलिहवा कबर्डहलको अवलोकनमा आएका उपाध्यक्ष आचार्यले सो कुरा बताएका हुन । उनले तिन तहकै सरकारबाट खेलकुदमा लगानी हुदै आएको भए पनि केन्द्रिकृत तथ्याङ्क संघ, प्रदेश र जिल्लामा नहुदा खेलकुदको वास्तविक स्थिति थाहा हुन नसकेको बताए । ‘ तथ्यांक व्यवस्थित भए सँगै कुन प्रतियोगिता भए, कस्ता खेलाडी उत्पादन भए, कस्तो प्रदर्शन गरेर कुन मेडल प्राप्त गरे, कुन कुन खेलमा कुन पालिकाले लगानी गरेको छ भन्ने बिषय सजलै थाहा हुन्छ ’ उनले भने । तथ्यांक ब्यवस्थित भए प्रतिभावान खेलाडीको छनौट गर्न समेत सजिलो हुने उनले बताए । खेलकुदका भौतिक पुर्वाधार सँगै नियमित प्रतियोगिता गरेर नयाँ खेलाडी उत्पादनमा सबै पक्षको सहकार्य आवश्यक रहनेमा आचार्यले जोड दिए सो अवसरमा बोल्दै कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले पछिल्लो समय क्रिकेट खेल पछि ब्याडमिन्टन खेलमा खेलाडीको रुची बढ्दै गएको र नगरले समेत पुर्वाधार, प्रतियोगिताहरुमा लगानी गर्दै आएको बताए । उपाध्यक्ष आचार्यलाई जिल्लामा स्वागत गर्दै कपिलवस्तु ब्याडमिन्टन संघका अध्यक्ष तथा केन्द्रिय सदस्य दिनेश हमालले आगामी दिनमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ब्याडमिन्टन खेललाई जोड्न माग गर े। अवलोकन भ्रमण कार्यक्रममा ब्याडमिन्टन खेलका बरिष्ठ अन्तरराष्ट्रिय एम्पायर उदय अर्याल, जिल्ला खेलकुद बिकास समितिका सदस्य सचिव मिन प्रसाद पोख्रेल, ब्याडमिन्टन प्रशिक्षक राजेश शाक्य लगायतको सहभागीता थियो । कपिलवस्तुबाट ब्याडमिन्टन खेलका ७ खेलाडीले राष्ट्रियस्तरमा उत्कृष्ट प्रदर्शन गरेको र प्रतिभावान खेलाडीलाई निष्पक्ष तरिकाले छनौट गर्ने सुनिश्चितता गर्नु पर्नेमा ब्याडमिन्टन प्रशिक्षक राजेश शाक्यले बताए । उनले परिषदले समेत खेलाडी छनौटका गंभीर हुनु पर्ने माग गरे ।

Leave A Reply

Your email address will not be published.