कपिलवस्तु
प्राचिन कपिलवस्तुको तिलौराकोट छेउमा रहेको रामघाट नदीलाई धार्मिक पर्यटनको विकासकालागि रामघाटमा शिवधाम निर्माण सुरु गरिएको छ । कपिलवस्तु नगरपालिका ३ रामघाटमा शिव धाम सहीत राम घाट पार्क निर्माण बिधिवतरुपमा सुरु गरिएको हो । सांसद तथा पुर्व मन्त्री सुरेन्द्रराज आचार्यको विशेष पहलमा शिव धाम निर्माण हुन लागेको हो । यस बर्ष ९० लाख बजेट बिनियोजन भएकोमा ठेक्कामा ६८ लाखमा शिव धामको निर्माण सुरु भएको इन्जिनियर राजेश शैनीले जानकारी दिए । आगामी आर्थिक बर्षका लागि सोही कामका लागि ३ करोड बजेट बिनियोजन भएको छ । कुल १ सय ६७ मिटर पोखरी मध्ये यस बर्ष ५१ मिटर निर्माण हुनेछ । त्यही पोखरीको बिचमा ठुलो शिवको मुर्ति निर्माण गरिने छ । दुबै तर्फ ३ फिट्को फुट पाथ र सजावट गरिने छ । किनारमा मलामी प्रतीक्षालय समेत निर्माण हुने छ । रामघाटमा रमणिय पार्क समेत निर्माण गर्ने योजना छ । घामाको सांसद आचार्य र प्रदेश सदस्य सुधाकर पान्डेयले पुवाआजा गरी संयुक्तरूपमा शिलान्यास गरेर निर्माण कार्य अघि बढाइएको हो । सांसद आचार्यले धर्मिक आस्थाको केन्द्रकारुपमा रहेको रामघाटालाई धार्मिक पर्यटनकारुपमा विकास गर्न शिव पार्क निर्माणले मद्दत गर्ने बताए । खसागरी साउनमा हुने बोलबम कावर जात्रामा यहा हजौरो भक्तजनहरु कावर यात्रामा सहभागी हुने गरकोमा यसले अब भक्तजनहरुलाई थप आकािर्षत गर्ने उनले बताए । धामकारुपमा विकास नर्ग आवश्यक बजेट बिनियोजन गर्न निन्तर पलह गर्ने उनले बताए । सो अवसरमा लुम्बिनी प्रदेश सदस्य पाण्डेयले रामघाटलाई धार्मिक पर्यटनको हव बनाउन यसले ठुाले मद्दछ गर्नेै बताए । उनले यसकालागि चाहिने अरु बजेट प्रेदेशबाट समेत निनियोजित गराउन आफु पहल गर्ने बताए । सो अवसरमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले जिल्लाकै एतिहासिक र प्राचिन स्थलकारुपमा परिचित रामघाटमा धार्मिक पर्यटनका माध्यमबाट ठुलो संख्यमा पर्यटन भित्राउन रामघाटमा यो काम अघि बढाइएको बताए । उनले यसको निर्माणकालासग पालिकाले कुनै कसर नछाडने उनले बताए । सो अवसरमा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरले आफनो वडाको तिलौराकोट छेउमा रहेको रामघाट नदीमा बनाइएको शिवधामले यसको धार्मिक महिला अझ बढने बताए । उनले रामघाटमा अब पर्यटकको आईरो लाग्ने बताए । कपिलवस्तु नगरपालिका २ स्थित कस्तुरी निर्माण सेवाले यस बर्षको काम असार २० भित्र काम सक्ने छ ।