४१ लाख लगानीमा सुविधा सम्पन्न जिम क्लवको उदघाटन

121

कपिलवस्तु तौलिहवामा नया सुुविधा सम्पन्न जिम क्लव खुलेको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ३ धनौरा टोलका ४५ बर्षिय कृष्ण थापाले पावर जिमखाना खोलेका छन । २० बर्षको उमेर देखि शारीरिक सुगठनको अभ्यास गदैै आएका थापाले सोही वडाको कालिका स्वालम्बन सामाजिक केन्द्रको अगाडी पट्टी ४१ लाख लगानीमा नया जिमखाना खोलेका हुन ।

विगत सानो तिनो जिम क्लव संचालन गर्दे आएका थापाले अहिले व्यवसायिक रुपमा सुविधा सम्पन्न जिमखान खोलेका हुन । रिबन र केक काटेर जिम क्लवको उदघाटन गर्दै कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरेले आजकल सवै जना स्वास्थ्य प्रति सचेत रहेको हुदा जिम प्रति आर्कषन बढदै गइरहेको बताए । यस्तै गरी युवा जिमर थापाले आफनै वडामा जिम क्लव खोलेर राम्रो काम गरेको गैरेले बताए ।

Leave A Reply

Your email address will not be published.