कपिलवस्तु २२ जेठ
सिकलसेल सम्बन्धी स्वास्थ्यकर्मी र सरोकारवालाई अभिमुखीकरण कार्यक्रम कपिलवस्तुको तौलिहवामा संपन्न गरिएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालय स्वास्थय निर्देशनालय दाङले कपिलवस्तु नगरपालिकाको सभा हलमा आयोजना गरेको कार्यक्रममा हेमोग्लोबिनोप्याथी (सिकलसेल। बिटाथालेसिमिया। हेमोफिलिया बारे स्वास्थ्यकर्मी तथा सरोकारवालाबीच अन्तरक्रिया गरिएको थियो । निःशुल्क चेकजाचको सुबिधासंगै सिकलसेलका बिरामीहरुको संख्या बढदै गएकाले सिकलसेल एनिमिया रोकथामका तीन वटै तहका सरकारले यस बिषयमा गंभीर हुनु पर्नेमा कार्यक्रममा जोड दिइएको थियो । सिकलसेल एनिमियाका बिरामी लुम्बिनी प्रदेशका ७ वटा तराई जिल्लाका थारु समुदायमा बढी देखिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख नरेश श्रेष्ठले बताए । अहिले परिक्षण तथा उपचारले पनि केहि सहज भएको उनले बताए । नेपालमा सिकलसेलका विरामीको औषधी उपचार तथा परिक्षण सहज बन्दै गएको भन्दै सरकारले नीतिनै बनाएर काम गरेको उनले बताए । परिक्षण र सचतना मार्फत यो रोगको रोकथाम हुन सक्ने उनले औल्याए । थारु समुदायका ८० प्रतिशत मानिसमा कुनै न कुनै रुपमा रोगका लक्षण रहेको पाइएको छ । सिकलसेल नियन्त्रणका लागि हरेक पालिकाले स्क्रिनीङ टेस्ट लगाएतका शिविर गर्दै रोगबारे जनचेतना फैलाउनु पर्ने बताए । कार्यक्रममा शिवराज कपिलवसतु नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत पुनाराम पौडेलले थारु समुदायको बसोबास रहेको बस्तीहरुको यसको लागि कार्यक्रम अघि बाढईने बताए । कार्यक्रममा संतोष कुमार बरईले सिकलसेलका बिषयमा जानकारी गराएका थिए । थारु समुदायका प्रत्येक एक सय जना मध्ये २० जनामा यस रोग देखिएको छ । पछिल्लो समय बढ्दै गएको सिकलसेल एनिमिया रोग नियन्त्रणका लागि सिकलसेल एनिमिया तथा थालेसीमीया कुण्डली जस्ता प्रयासहरु गएको छ । यसमा सिकलसेल भएका युवा युवती र उनिहरुबाट जन्मने सन्ततीहरुमा सिकलसेलको सम्भावित अवस्थाबारे देखाइएको छ । कुण्डली अनुसार विवाह गर्न सकेमा पनि तेस्रो पुस्तालाई यस रोगबाट बचाउन सिकने बरईले बताए । सिकलसेल एनिमिया तथा थालेसीमीया कुण्डली सरकारद्धारा सिकलसेलका विरामीको निःशुल्क उपचार हुने भएपनि समयमै पत्ता लगाउन नसक्दा समस्या बढ्दै गएको बरईले बताए । कार्यक्रमक्रममा नगरपालिकाका वडाध्यक्षहरु, नगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ता स्वास्थ्यकर्मी लगायतको सहभागीता थियो सिकलसेल एनिमिया नेपालको नवलपरासी देखी कन्चनपुरसम्मका मानिसमा देखिएको छ । थारु समुदायमा मात्रै देखिने यस रोग पछिल्लो समय बिसि, योगी, रैदास बिक, कुँवर, अधिकारी तथा नेपालीमा पनि देखिएको छ । तथ्यांक अनुसार यस रोग महिलाभन्दा बढी पुरुषमा देखिएको छ । रुकुम पूर्वको पहाडी इलाकामा पनि यस रोगका बिरामी भेटिएको छ । यस्तै शिवराज नगरपालिकामा समेत यस सम्बन्धी कार्यक्रम बिहीवार नै संपन्न गरिएको छ ।