कपिलवस्तु नगरपालिकामा संपन्न आठौ मेयर कप क्रिकेटको उपाधि वडा नम्बर २ ले जितेको छ । वडा नम्बर १२ लाई ७ बिकेटले हराउदै वडा नम्बर २ ले मेयर कप आफनो पोल्टामा पारेको हो । उपाधी जितेसंगै वडा नम्बर २ ले नगद ६० हजार र मेयर कप हात पारेको हो । यस्तै उप बिजेता वडा नम्बर १२ ले नगद ३० हजार र उप बिजेता कप पाएको हो ।

बिजेता टोलीहरुलाई सांसद तथा पुर्व मन्त्री सुरेन्द्रराज आचार्य, लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेय, मेयर सुदीप पौडल, नगरपालिकाका सामाजिक विकास शाखाका संयोजक दिरेप चौधरीले कप, मेडल र नगद हस्तान्तरण गरेका थिए