कपिलवस्तुको मायादेबी गाउपालिका १ पकडी स्वास्थ्य चौकीमा निःशुल्क आखा शिबिर संपन्न गरिएको छ । गाउपालिकाको सहयोगमा स्काई टेक्निकल प्रालि तौलिहवालको आयोजनामा एक दिने शिबिर संचालन गरिएको हो । शिबिरमा २ सय ५ जनाको आखाको जाच गरिएको र ४५ जनामा मोतिया बिन्दु देखिएको संस्थाका प्रबन्धक निर्देशक सुरेन्द्र यादवले बताए । शिबिरको उदघाटन गर्दै गाउपालिका अध्यक्ष वलीउद्दीन मुसलमानले बिपन्नलाई लक्षित गरी शिबिर संचालन गरिएको बताए । उनले आखाका बिरामीलाई गाउपालिका मै सेवा सुबिधा उपलब्ध गराउन पालिकाले शिबिरको अभियान नै चलाएको बताए ।

यस अघि वडा नम्बर ६, ८, ३, र ७ मा समेत आखा शिबिर संपन्न गरी सकिएको उनले बताए । उनले गाउपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । मोतिया बिन्दुका बिरामीको बुधवार नै तौलिहवा आखा अस्पतालमा निःशुल्क अप्रेशन हुने अध्यक्ष मुसलमानले बताए । निःशुल्क आखा जाच सहीत मोतिया बिन्दुको अप्रशेन समेत हुने भए पछि बिपन्न परिवार खुशी भएका छन । उदघाटन समारोहमा गाउपालिकाका सामाजिक विकास अधिकृत बैतुल्लाह धुनिया, गाउपालिका स्वास्थ्य शाखा प्रमुख महेन्द्र यादव, लेखापाल गिरीराज गौतम लगायतको सहभागीता थियो ।