१८औं गणतन्त्र दिवसको विशेष अवसरमा महाराजगंज नगरपालिकामा नगर स्तरीय सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। महाराजगंज नगरपालिका कार्यालय, सशस्त्र प्रहरी बल वेश क्याम्प महाराजगंज तथा इलाका प्रहरी कार्यालय महाराजगंजको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा महाराजगंज नगरपालिकाको नगर प्रमुख अब्दुल कलामको अध्यक्षता रहेको थियो।

कार्यक्रममा नगर प्रमुख अब्दुल कलामले गणतन्त्र दिवसको सन्देशलाई व्यवहारमा उतार्न सरसफाई, सुशासन र नागरिक सहभागिता अनिवार्य भएको बताउँदै भन्नुभयो, “स्वच्छ नगर बनाउनु हाम्रो साझा दायित्व हो। यो केवल एक दिवसीय कार्यक्रम नभई नियमित अभ्यास बन्नुपर्छ।” नगर प्रमुखसँगै कार्यक्रममा सहभागी नगर उप-प्रमुख रीता कुमारी कुर्मीले सबै वर्ग, तह र समुदायको सहकार्यले मात्रै परिवर्तन सम्भव हुने धारणा राख्दै भन्नुभयो, “हामीले थालनी गरेका यस्ता अभियानले स्वच्छ, हरित र समावेशी नगर निर्माणमा टेवा पुर्यालउनेछन्।” प्रमुख प्रशासकीय अधिकृत श्री दिपेन्द्र रेग्मीले नगरपालिका प्रशासन वातावरणमैत्री र जनउत्तरदायी सेवा प्रवाहमा प्रतिबद्ध रहेको उल्लेख गर्दै भन्नुभयो, “नगरपालिकाको नीति अब व्यवहारमा आधारित हुनेछ, र नागरिकसँगको सहकार्य हाम्रो प्राथमिकता हो।” कार्यक्रममा नगर क्षेत्रका विभिन्न, समाजसेवी स्वयंसेवक तथा सुरक्षाकर्मी तथा महाराजगंज नगरपालिकाको कर्मचारीहरुकोको उल्लेखनीय उपस्थिति रहेको थियो। सरसफाई अभियान अन्तर्गत सार्वजनिक स्थल, सडक किनार, सरकारी कार्यालय परिसर लगायतका स्थानमा फोहर संकलन तथा व्यवस्थापन गरिएको थियो।