२ जना महिलाको गाडी ठक्करबाट मृत्यु

92

कपिलवस्तु जेठ २
गोरुसिङे पत्थरकोट सडक खण्ड अन्तर्गत मर्निङ वाक्मा निस्किएका २ जना महिलाको गाडीको ठक्करबाट मृत्यु भएको छ । कपिलवस्तुको बुद्दभुमी नगरपालिका १ बसन्तपुरमा अर्घाखाँचीबाट बुटवलका लागि हिडेको बीएडी ९५९९ नम्बरको गाडीले ठक्कर दिदा स्थानिय ६५ बर्सिय शान्ता खत्री र तिल कुमारी रायमाझीको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय गोरुसिङेले जनाएको छ ।

बिहान पौने ६ बजे सो दुर्घटना भएको हो । चालक सहीत गाडी प्रहरी नियन्त्रणमा छ । चालक निदाउदा र गाडी तिब्र गतिमा रहेकोले दुर्घटना भएको हुन सक्ने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.