कपिलवस्तु २८ बैशाख
कपिलवस्तुको विजयनगर गाउँपालिका–१, नेवलागन्जमा माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु भएको छ । ढिस्कोले पुरिँदा विजयनगर–१ नेवलागञ्जका ३० वर्षीय केशब थापाको मृत्युु भएको प्रहरीले जनाएको छ । नेवलागञ्ज–मधनगरा जोड्ने विशवा खोलामा निर्माणाधीन झोलुङ्गे पुलको फाउन्डेशन खन्ने क्रममा अचानक माटोको ढिस्को खस्दा कामदार केशब थापा र सर्जुलाल चौधरी गम्भीर घाइते भएकामा उपचारको क्रममा आधारभूत अस्पताल चन्द्रौटामा थापाको मृत्युु भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।अर्का दुर्घटनामा घाइते भएका ४८ वर्षीय सर्जुलाल चौधरीलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । स्थानीयले घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
Prev Post
अगुवा कृषक तथा कृषि प्राविधिकहरुलाई क्वारेन्टाइन तथा निर्यात योग्य उत्पादन सम्वन्धी गोष्ठी
Next Post