२५६९औं बुद्ध जयन्ती तथा प्रसूती उत्सव २०८२ को अवसरमा कपिलवस्तुको ऐतिहासिक स्थल तिलौराकोटमा विविध कार्यक्रमका साथ भव्यरूपमा मनाइने भएको छ। बुद्ध जयन्ती मूल समारोह समितिका संयोजक गोपीकृष्ण शर्माले पत्रकार सम्मेलन गरि उक्त जानकारी दिएका हुन्।

चार दिने कार्यक्रमको सुरुवात २०८२ वैशाख २७ गते रक्तदान कार्यक्रमबाट हुने छ, जुन बिहान ९ बजे रेडक्रस भवन तौलिहवामा आयोजना गरिनेछ।

२०८२ वैशाख २८ गते कुदानमा बेलुका ६:३० बजे बुद्ध झाँकी प्रदर्शनी गरिनेछ। सोही क्रममा वैशाख २९ गते तिलौराकोटमा शान्तिमय ध्यान पदयात्रा पनि साँझ ६:३० बजेबाट सुरु हुनेछ।

मुख्य कार्यक्रम वैशाख ३० गते बिहान १०:३० बजे तिलौराकोटमा शुरु हुनेछ, जसमा र्‍याली, सांस्कृतिक कार्यक्रम, र स्टेज कार्यक्रमसहित बुद्धको पालामा प्रचलित ‘कालानमक चामलको खिर’ प्रसादस्वरूप वितरण गरिनेछ।

सम्पूर्ण श्रद्धालु एवं नागरिकहरूलाई यस पावन अवसरमा सहभागी भई कार्यक्रमलाई सफल पार्न बुद्ध जयन्ती मूल समारोह समितिले हार्दिक निमन्त्रणा गरेको छ।

wada 3 lu tato

Leave a Reply

Your email address will not be published. Required fields are marked *