बिभिन्न संचार माध्यममा प्रकाशित समाचारले समाजमा ठुलो असर पर्ने भएकाले मानसिक स्वास्थ्य संमन्धी समाचार प्रकाशन गर्दा संचारकर्मीहरु सेचत र संबेदनशील हुुनु पर्ने औलजाइएको छ । युएमएनको सहयोगमा दलित सामाजिक विकास केन्द्रले तौलिहवामा राखेको मानसिक स्वास्थ्य समाचार प्रकाशनमा संबेदनशीलताको बारेमा स्थानीय संचारकर्मीैसंग अन्तरक्रिया कार्यक्रममा सो कुरा औल्याइएको हो । बरिष्ठ मनोबिद बिनोद पौडेलले संचार माध्यममा आएको कुरालाई जनमानसमा धेरै प्रभाव पार्ने भएकाले मानसिक स्वास्थ्यका बिषयमा रिर्पोटिङ गर्दा संचारकर्मीले धेरै ख्याल गर्नु पर्ने बताए । मनामेसामाजिक र मानसिक स्वास्थय समस्या समाजमा अहिले ठुलौ चुनौतीकारुपमा देखा परेकाले यसको न्युनीकरणकालागि संचारकर्मीले धेरै कुराको ध्यान दिनु पर्ने उनले बताए । उनले संचारकर्मीै संबेदनशील भएर रिपोट्रि गरिए मानसिक स्वास्थ्य सम्बन्धी सेचतना फैलाउने र कलंक समेत घटाउन मद्दत गर्ने पौडेलले बताए । उनका अनुसार नेपालमा कुल नसर्ने रोग मध्ये १८ प्रतिशत मानसिक रोगले ओगटेको बताए ।

अपौगता गराउने प्रमुख १० कारक मध्ये मानसिक स्वास्थ्य ४ कारक रहेको पाइएको छ । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण नेपाल २०७७ को नतिज अनुसार नेपालमा १३ देखि १७ बर्ष उमेरका ५ दशमलव २ प्रतिशत किशोरकिशोरीमा मानसिक स्वास्थ्य समस्या देखाएको छ । त्यस मध्ये २ दशमलव ८ प्रतिशतमा चिन्ताजन्य समस्या, शुन्य दशमलव ६ प्रतिशतमा डिप्रेशन र ३ दशमलव ९ प्रतिशतमा आत्महत्याको सोच पाइएको हो । प्रजनन उमेरका १४ देखि ४५ बर्षका महिलाहरुको मृत्युको मुख्य कारक आत्महत्या समेत एक हो । आत्महत्या वा प्रयास गर्ने ब्यक्तिमा ९५ प्रतिशत मानसिक समस्या रहेको पाइएको छ । त्यस मध्ये ८० प्रतिशतमा उदासिनता र १० प्रतिशतमा कडा मानसिक समस्या र बाकीमा अन्य रहेका छन । सामान्य स्वास्थ्य रहेका ब्यक्तिमा भन्दा मानसिक रोगीमा ३ देखि १२ प्रतिशत आत्महत्याको जोखिम रहेको पाइएको छ । मनोबिज्ञ सफल सापकोटाले अहिले बढदो समाजिक संजालको प्रयागे सहीत आत्महत्या सम्बन्धी समाचारलाई सनसनीपुर्र्ण बनाउन खोजिदा मनो सामाजिक समस्या बढेको बताए । उनले संचारकर्मीले आत्महत्यालाई दरुत्साहीत गर्नेै खालका समाचार प्रकाशन गर्नु पर्ने बताए । शब्द चयन समते सही तरिकाको हुनु पर्ने तथा मनोसमाजिक समस्या उपचारबाट ठीक हुन्छ भन्ने कुरा ब्यापकरुपमा फैलाउनु पर्ने उनले बताए । उनले आत्महत्याबाट मृत्यु भयो भन्नु पर्ने तर आत्महत्या गरे भन्ने कुरालाइ निरुत्साहीत गनर्् पर्ने जसतिा शब्द चयन गरिनु पर्ने बताए । बढदो मानसिक स्वास्थ्य समस्याको न्युनीकरणमा संचारकर्मीको ठुलो भुमिका रहेकोले यस तर्फ संचारकर्मीैले बिेशेष ध्यान दिनु पर्ने उनले बताए । सो अवसरमा मानसिक स्वास्थ्य परियोजनाकी संयोजक निर्मला सिंहले ३ बर्ष देखि यो कार्यक्रम मायादेबी र यशोधरा तथा कपिलवस्तु नगरपालिकामा रहेर काम गरेको बताईन । उनले २० बिद्यालयका शिक्षक र बिद्याथीहरु बिच अन्रक्रिया गरेको, मानसिक स्वास्थ्यको समुह निर्माण गरी उपचारमा सहजीकरण गरेको, आयआर्जनकालागि समेत केही रकम सहयोग गरेको उनले बताईन । उनले अहिले मानकिस समस्या समाजमा धेरै बढदै गएकाले र अज्ञतताले समेत धेरै बाधा पुर्याएको उनले बताईन । ‘ मानसिक समस्या रोग हो र यसको उपचारबाट निदान पाउन सकिन्छ भन्ने समाजमा सन्देश दिन जुरुरी छ ’ उनले भनिन । सो अवसरमा पत्ररका महासंघका जिल्ला अध्यक्ष डिलाराम भुसालले समाजमा बढदै गएको यो समस्याको न्युनीकरणकालागि संचारकर्मीले साथ दिने बताए । उनले मनो सामाजिक स्वास्थ्य समस्यालाई न्युनीकरणकालाई सचेतना फैलाउन आफुहरुले सहीढंगले रिपोटिङ गर्ने बताए । सो अवसरमा दलित सामाजिक सवकास केन्द्रका कार्यकारी निर्देशक रामशरण रैदासले मानसिक स्वास्थ्य समस्या दिननुदिन बदढै गएकाले यसको समाधानकालागि राज्यले समते ध्यान दिनु पर्ने बताए । उनले तिनै तहका सरकारले समते यसलाई बिशेष प्रथमिकता दिनु पर्ने बताए । कार्यक्रममा युएमएनका रुप कुमार बिकले मनोसामाजिक स्वास्थ्य समस्यालाई सबैको साझा समस्याकारुपमा न्युनीकरणकालागि पहल हुनु पर्नेे बताए ।

wada 3 lu tato

Leave a Reply

Your email address will not be published. Required fields are marked *