रेबिज रोग र भुसिया कुकुर नियन्त्रणका लागि कपिलवस्तुमा सामुदायिक कुकुर बन्ध्याकरण अभियान

48

कपिलवस्तु २७ फागुन
रेबजि रोग र भुसिया कुकुरको नियन्त्रणकालागि कपिलवस्तुको तौलिहवामा सामुदायिक कुकुर बन्ध्याकरण अभियान सुरु गरिएको छ । वाईसिएसए नेपालको प्राबिधिक सहयोग र भेट्नरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको अयोजनामा अभियान सुरु गरिएको हो । केन्द्रको अगुवाईमा यो अभियान जिल्ला मै दोश्रो पटक गरिएको हो । जिल्ला समन्वय समितिका उप प्रमुख रमेश कुर्मीले ब्यानर पढेर कार्यक्रमको शुभारम्भ गर्दै अभियानले कुकुरका कारण हुने रेबिज रोगको नियन्त्रणकालागि भुमिका खेल्ने बताए । उनले यस्तो अभियान सबै पालिकाहरुले गर्नु पर्नेमा जोड दिदै रेबिज रोग बिरुद्धको भ्रम चिर्नकालागि समेत जन चेतना फैलाउन जरुरी रहेको बताए । ‘ केन्द्रले जिल्लामो अभियान आफैमा महत्वपुर्ण छ, यो अयिभान सबै पालिकाले गर्न जरुरी छ ’ उनले भने । केन्द्रकाप्रमुख डाक्टर प्रबेज आलमले सरकारले रेबिज रोगलाई सन २०३० भित्र उन्मुलन गर्ने योजना अनुसार अभियान संचालन गरिएको बताए ।

‘ रेबिज रोग र ककुरहरुको संख्या नियन्त्रणकालागि अभियान संचालन गरेका हौ ’ उनले भने । बन्ध्याकरण पछि ककुरको संख्या नियन्त्रणमा आउने, ककुरहरु आक्रमक नहुने भएकाले यो अभियान चलाइएको बताए । कुकरको संख्या घटे भने दुर्घटना समेत क मगर्न मद्दत मिल्ने उनले बताए । अभियानमा तौलिहवामा रहेका १ सय ३० कुकुरको बन्ध्याकरण पछि रेबिज बिरुद्ध सुइ लगाइने उनले बताए । तौलिहवा बजार र केन्द्रका आसपासमा रहेको ककुुरहरु संकलन गरी बन्याकरण सुरु गरिएको हो । वाईसिएसए नेपालका डाक्टर बिरेन्द्र श्रेष्ठको नेतृत्वमा रहेकोे टोलीले संकलन र बन्ध्याकरणको काम जारी राखेको छन । संकलन गरिएका कुकुरलाई बेहोस पारेर भाले र पोथी दुबैको बन्ध्याकरण गरिएको छ। बन्ध्याकरण गरिएका कुकुरको देब्रे कानमा निशान समेत लगाइएको छ । डाक्टर श्रेष्ठले रेबिज बारे धेरैलाई जानकारी नहुदा समाजका यो रोग बारे धेरै भ्रमहरु रहेकोले जन चेतनाको काम फैलाउनु पर्ने बताए । ‘ रेबिज रोग बिरुद्ध जानकारी नभै कुकुर पाल्नेको संख्या धेरै छ, त्यसले यस बार बेलैमा सचेत हुन पर्छ ’ उनले भने । डाक्टर आलमको अध्यक्षता कार्यक्रम भएको थियो । अभियान २ दिन सम्म चल्नेछ ।

Leave A Reply

Your email address will not be published.