कपिलवस्तु २७ फागुन
बालिका शिक्षाको पहुच सहीत सिकाई उपलब्धी बढाउन कपिलवस्तुका ३ पालिकामा रुम टु रिड कार्यक्रम संचालन गरिएको छ । पिस नेपालको सहयोगमा कपिलवस्तु र बुद्धभुमी नगरपालिका तथा मायादेबी गाउपालिकामा सो कार्यक्रम सुरु गरिएको हो । कार्यक्रममा ब्यवस्थापक देव बहादुर ढेगा मगरले पिस नेपालले ती तीन पालिकामा रहेका बालिकाहरुको शिक्षाको पहुच बढाउन र सिकाई उपलब्धीकालागि यो कार्यक्रम संचालन गरिएको बताए । कार्यक्रम अन्र्गत ३ पालिकामा रहेका ११ बिदालयहरुको नमुनाकारुपमा छनौट गर्ने कार्यक्रम समेत छ । यसकालागि आवश्यक मापदन्डहरु सहीत सम्बन्धीत पालिकाका शिक्षा शाखा प्रमुखहरुसंग छलफल समेत गरिने छ । ब्यानर पढेर परियोजना प्रबोधीकरण कार्यक्रममा उदघाटन गदैै जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले शिक्षाको अवस्था चिन्ताजनक रहेको कपिलवस्तुका ३ पालिकामा बालिका शिक्षाको पहुच बढाउन ल्याइएको यो कार्यक्रमले केही भए पनि उपलब्धी हासिल हुने बताए । उनले यस्ता कार्यक्रम जिल्लाका अन्य ७ पालिकामा समेत सांलन गर्नु पर्ने उनले बताए । खासगरी दक्षिणी भेगमा शिक्षाको स्तर अझै आशातित सुधार हनु नसेको उनले बताए । सबै लिमेर जिल्लाको शिक्षाको स्तर बढाउनु पर्ने बताए । सो अवसरमा बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले यो कार्यक्रमले बालिका शिक्षामा केहि भए पनि सुधार ल्याउने बताए । उनले कार्यक्रमलाई सहीढंगले कार्यान्वय गरी प्रभावकारीरुपमा अघि लैजानु पर्ने बताए । उनले आफनो पालिकामा यो कार्यक्रमले रामे प्रभाव छाडने बताए । सो अवसरमा शिक्षा विकास तथा समन्वय ईकाई कपिलवस्तुका प्रमुख लोकराज मरासिनीले खासगरी दक्षिणी भेगमा अझै शिक्षाका स्तर सुधार ह्ुन नसकेको बताए । उनले बालबालिकाहरुले पढाई भन्दा कमाई र घरको कामलाई महत्व दिने चलनले समस्या आएको उनले बताए । उनले जिल्लामा शिक्षाको स्तर बढानउ सबै मिलेर काम गर्नु पर्ने बताए । कपिलवस्तुमा कक्षा १ मा २०७१ सालमा २४ हजार हजार ९८७ भर्ना भएकोमा २०८१ सालको एसईईमा जम्मा ८ हजार ९६६ सहभागी हुदै छन । ६४ प्रतिशत बिदार्थी कहा गए त्यो खोजी हुन जरुरी छ । यस्तै कक्षामा भर्ना भएकाहरुको बालबालिकाको सिकाई उपलब्धी समेत ५० प्रतिशत हाराहारीमा रहेको कार्यक्रममा प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहायक प्रजिअ प्रमानन्द घिमिरे, संस्थाका दिनेश पोख्रेल, जर्नादन देवकोटा लागयतको बिभिन्न प्रस्तुती सहीत मन्तब्य दिएका थिए । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत पुनाराम पौडल, मायादेबी गाउपालिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत रामकृषे तेली लगायतको सहभागीता थियो ।