कपिलवस्तु २६ फागु्न
कपिलवस्तुको मायादेबी गाउपालिकामा कक्षा ८ को बर्षिक परिक्षा आईतावारबाट सुरु भएको छ । २३ बिदालयमा रहेका बिद्यार्थीहरुको ८ परिक्षा केन्द्रबाट परिक्षा सुरु गरिएको हो । सामुदायिक र निजी बिद्यालयका गरी कुल ९ सय ६९ परिक्षार्थी सहभागी रहेको शिक्षा तथा खेलकुद शाखा प्रमखु माधव प्रसाद घिमिरेले बताए ।

परिक्षालाइ मर्यादीत बनाउन सबै परिक्षा केन्द्रमा मेयर वलीउद्दीन मुसलमान, निमित्त प्रशाकीय अधिकृत रामकृष्ण तेली सहीतको टोलीले परिक्षाको अनुमगन समेत गरेको छ । माउन्ट एभरेष्ट ईगलिस बोडिङ स्कुल पकडी, छत्रपाली तिर्थादेबी माबि पकडी, नेपाल राष्ट्रिय माबि भैसकुन्डा, मुनेश्वर माबि बहरवासी, सुभद्र जनता माबि बलुहवा, स्वतन्त्र माबि रतनपुर, सरस्वती आधारभुत बिद्यालय करमाहना, चर्तभुजी आधारभुत बिद्यालय बनकसिया परिक्षा केन्द्र छन । परिक्षा चैत ५ गते सम्म चल्नेछ ।