कपिलवस्तु २६ फागुन
रसायकिन मलखादमा सिमीत बनेको कपिलवस्तु नगरपालिका वडा नम्बर ४ स्थित श्री नारायण कृषी सहकारी संस्था लिमिटेडले बचत तथा ऋण कार्यालय सञ्चालनमा ल्याएको छ । २०६७ असोज २५ गते डिभिजन सहकारी कार्यालय कपिलवस्तुमा दर्ता भएको सहकारीको कार्यालयको लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले रिबन काटेर उदघाटन गरे । ३४ जना सदस्य रहेको सहकारीले हाल सम्म स्थानिय कृषकको लागि मलखाद बितरणको कार्य गर्दैै आएको थियो । अब बचत संकलन गरि ऋण परिचालनको उद्धेश्यले कार्यालय सञ्चालन गरिएको सहकारीका व्यवस्थापक जमुना प्रसाद साहले बताए ।

गाउलेहरु आफनो बचत अब सहकारी मै जम्मा गर्न सक्ने लुम्बिनी प्रदेशसभाका सदस्य सुधाकर पाण्डेयले बताए । स्थानियका लागि गाउँघरमै कार्यालय सञ्चालनले बचत संकलन र समुदायमा लगानीमा सहयोग पुग्ने उनले बताए । आर्थिक अवस्था कमजोर भएका वर्गले बचतमा ध्यान दिने र आयआर्जन गतिबिधीमा लाग्ने पाण्डेयको भनाई थियो । कृषी कर्मलाई व्यवस्थित बनाउनका लागी बचत र ऋण परिचालनमा कार्यालय सञ्चालनले सहयोग पुग्ने नेपाली काँग्रेस कपिलवस्तु नगरपालिका सभापति खुर्सेद अहमद खाँले बताए । बचत संकलनका लागी सञ्चालनमा आउने कार्यालयले साना कृषकलाई आयमुलक गतिबिधीका लागि प्रोत्साहन गर्ने कपिलवस्तु नगरपालिका वडा नम्बर ४ का अध्यक्ष रावेन्द्र प्रसाद तिवारीले बताए ।